९ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

युवा समूहबीच झडप , पाँच घाइते

२५ श्रावण २०७७, आईतवार ०४:४३

साउन २५, टीकापुर । कैलालीको टीकापुरमा दुई समूहबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । टीकापुर नगरपालिका वडा नं ६ र वडा नं ९ का युवाबीच शनिबार साँझ झडप हुँदा वडा नं ६ प्रसेनीका दिनेश साउद, किरण रावल र सुरज चौधरी र वडा नं ९ बैदीका तपेन्द्र साउद र भुवन साउद घाइते भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

घाइतेमध्ये दिनेश साउद, भुवन साउद र सुरज चौधरीको अवस्था गम्भीर रहेकाले टीकापुर अस्पतालमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज सिफारिस गरिएको सो प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मधुसुधन न्यौपानेले बताउनुभयो

बाँकी दुई जनाको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार टीकापुरको खक्रौलास्थित बालुवाटारमा भएको झडपमा दुई समूहले एक–अर्कालाई धारिलो हतियार प्रहार गरेका थिए । घटनास्थलबाट प्रहरीले टीकापुर प्रसेनीका रवन साउद र लोकेन्द्र कडायतलाई नियन्त्रणमा लिएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्नअदालतले दियो अनुमति रुखले च्यापिएर एकको मृत्यु, दुई घाइतेको हेलिकोप्टरबाट उद्धार गरिँदै जीपीएसकाे भर पर्दा कार नदीमा खस्याे, तीन जनाको मृत्यु प्रदर्शनको २४ दिनसम्म ‘पूर्णबहादुरको सारंगी’ले कमायो साढे ४३ करोड आईपीएल इतिहासकै महँगा खेलाडी बने श्रेयस अय्यर अस्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव नियुक्त फिल्म तेल भिसाको शुरुवाति कमाई कस्तो ? रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति मृत्युपश्चात अंग दान गर्नेका परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय एमालेद्वारा काठमाडौं महानगरको जरिवाना पत्र बुझ्न अस्वीकार, त्यसै फर्कियो महानगर टोली एमालेले काठमाडौं महानगरको जरिवाना नतिर्ने दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण मुद्दा: सरकारको नाममा कारण देखाउ आदेश जारी एनपीएल खेल्न नेपाल आइपुगे काठमाडौं गुर्खाजका माइकल लेभिट हिरासतबाट दुर्गा प्रसाईँको पत्र, लेख्छन्- प्रमाण सत्य हो, कम्बोडिया लगानीबारे छानबिन गरियोस् गेस्ट हाउसमा दम्पत्तीको शव फेला, क्यानडाबाट दुई वर्षपछि शनिबार मात्रै फर्किएका थिए मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने मस्क रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दाको पेशी न्यायाधीशद्वय फुयाल र ढकालको संयुक्त इजलासमा आज तोलामै १७ सयले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो मलेसियाका पेट्रोल पम्पहरुमा काम गर्न विदेशी कामदारलाई खुला अनुसन्धानको म्याद सकिएकाले आज फेरि रविलाई कास्की अदालत उपस्थित गराइँदै