४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

राष्ट्रिय परिचयपत्र विवरणको दर्ता शुरु

२६ श्रावण २०७७, सोमबार ०६:१९

साउन २६, भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले राष्ट्रिय परिचयपत्र विवरणको दर्ता  शुरु गरेको छ । जिप्रकाले आइतबार अपराह्न आयोजना गरेको शुभारम्भ कार्यक्रममा सांसद महेश बस्नेतको विवरण भरेर विवरण दर्ताको शुभारम्भ गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो । 

सरकारले जिल्ला प्रशासन कार्यालय भक्तपुरलगायत ७७ जिल्लाबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता  गरेर यस आर्थिक वर्षमा करिब एक करोड जनसङ्ख्याको विवरण दर्ता गर्ने लक्ष्य लिएको सांसद बस्नेतले जानकारी दिनुभयो । सरकारले तीन वर्षभित्र सम्पूर्ण नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्य राखेको उहाँले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा दुई बुथबाट विवरण दर्ता शुरु भएको छ । एक बुथबाट यही साउन ४ गतेदेखि श्ुरु भएको र अर्को बुथ आइतबारदेखि  शुरु भएको हो । दुई बुथमा दुई  कम्प्युटरलगायत आवश्यक उपकरण राखिएको प्रजिअ पाण्डेले जानकारी दिनुभयो । नागरिकता प्रमाणपत्र लिन आउनेले आवश्यक विवरण भरेर राष्ट्रिय परिचयपत्रका लागि निवेदन दिन सक्नेछन् । 

पञ्जीकरण विभागको सहकार्यमा जिल्लाका चारवटै नगरपालिका र वडा कार्यालयमार्फत सेवा सञ्चालन गरिने भएको छ । यसका लागि स्थानीय तहका वडाध्यक्ष, वडा सचिव र कर्मचारीलाई अभिमुखीकरण तालीम दिइएको जानकारी दिँदै उहाँले नगरपालिकाले छनोट गरेको व्यक्तिलाई रुजु अधिकारी तोकेर प्रत्येक वडा कार्यालयमार्फत विवरण सङ्कलन शुरु गरिने बताउनुभयो । 

तत्काल भक्तपुर  र सूर्यविनायक नगरपालिकामा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन शुरु गरिए पनि अर्को सातादेखि मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकामा सञ्चालन हुने भएको छ । प्रजिअ पाण्डेका अनुसार कम्प्युटरलगायत प्रविधि जडानका लागि एक साता  लाग्ने भएकाले त्यसपछि कोभिड–१९ को जोखिमबाट बच्न स्वास्थ्य मापदण्ड पूरा गरेर विवरण सङ्कलन हुने गरिनेछ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ