२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिआइवीको नाममा ठगी गर्न खोज्ने धादिङका एक युवा पक्राउ

२०७७, ३० श्रावण शुक्रबार १२:४४

साउन ३०, काठमाडौँ | एक व्यवसायीलाई मुद्दा परेको भनी धम्क्याई रु पाँच लाख ठगी गर्न खोज्ने एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका–४ घर भई तारकेश्वर नगरपालिकास्थित नेपालटारमा बस्दै आएका शङ्करप्रसाद अधिकारी रहेको सिआइवीका प्रमुख सहकुल थापाले जानकारी दिनुभयो । उहाँका अनुसार अधिकारीले आलोचना साप्ताहिकको संवादताता रहेको बताएका छन् ।

काठमाडौँका एक व्यवसायीलाई अख्तियारमा मुद्दा परेको र उक्त मुद्दा सदर भई पक्राउका लागि सिआइवीमा पत्राचार भएको भनी मुद्दा हेर्ने सिआइवीका अधिकारीलाई रु पाँच लाख दिए मुद्दा ढुस (रद्द) हुने बताउँदै ठगी गर्न खोजेको आरोप उनीमाथि छ । 

उनलाई आज काठमाडौँ महानगरपालिका–३ बसुन्धराबाट पक्राउ गरिएकामा निजले अन्य व्यक्तिलाई समेत विभिन्न बहानामा ठगी गरेको आशङ्कामा थप अनुसन्धान भइरहेको र आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा पठाइएको सिआइवीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने