२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाँकेमा कोरोनाका कारण थप एक जनाको मृत्यु

२०७७, २ भाद्र मंगलवार ०६:४५

भदौ २, बाँके | कोरोना सङ्क्रमणका कारण बाँकेमा थप एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उप-महानगरपालिका वडा नम्बर ५ का ६२ वर्षीय पुरुषको नेपालगञ्ज शिक्षण अस्पतालमा सोमबार राति उपचारको क्रममा मृत्यु भएको हो।  

उनलाई गत साउन ३२ गते ज्वरो आएपछि उपचारका लागि शिक्षण अस्पताल लागिएको थियो । अस्पताल भरनाका क्रममा उनमा निमोनियाको समस्या देखिएको अस्पतालले जनाएको छ ।  

उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनको स्वास्थ्य स्थिति असामान्य भएपछि सोमबार उनलाई बचाउन भन्दै कोरोना निको भईसकेका र ए पोजेटिभ रगत भएकाहरुमा प्लाज्माको लागि आव्हान गरिएको थियो ।

बाँकेमा यसअघि नरैनापुर गाउँपालिका, बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिकाका १/१ जना गरी तीन जनाको कोरोनाका कारण निधन भईसकेको छ । बाँकेमा मंगलबार थप १३ जना निको भई डिस्चार्ज हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने