२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

परिवारले शव बुझ्न मानेनन्, क्षतिपूर्तिको माग

२ भाद्र २०७७, मंगलवार १०:१४

भदौ २, बैतडी | सडकमा बनाइएको खाल्डोमा डुबेर बैतडीमा दुई बालकको मृत्यु भएपछि स्थानीयवासी आन्दोलित भएका छन् । 

सोमबार अपराह्न खाल्डोमा डुबेर मृत्यु भएका दशरथचन्द नगरपालिका–२ देहीमाडौँका १४ वर्षीय अङ्कित लाबड र ११ वर्षीय सन्दीप लावडको मृत्यु भएको दुई दिनसम्म पनि शव परिवारजनले बुझेका छैनन् ।

सडकमा ह्युमपाइप राख्नका लागि बनाइएको खाल्डोमा परेर दुवैको मृत्यु भएकाले आफन्तले क्षतिपूर्तिको माग गरेका हुन् । घरपरिवारले रु २० लाख क्षतिपूर्तिको माग गर्दै शव बुझ्न नमानेको दशरथचन्द नगरपालिका–२ का वडाध्यक्ष रनबहादुर बोहराले बताउनुभयो । 

देहीमाडौँ–गिरेगडा सडकखण्डअन्तर्गत दशरथचन्द नगरपालिका– २ सुन्दरखालीमा ह्युमपाइप राख्नका लागि बनाइएको खाल्डोमा डुबेर दुई जनाको मृत्यु भएकाले निर्माण व्यवसायीले क्षतिपूर्ति दिनुपर्ने मृतकका आफन्तले माग गरेका छन् । क्षतिपूर्ति नदिँदासम्म आफूहरुले शव नउठाउने उनीहरुले अडान छ । 

मृतकका आफन्तले क्षतिपूर्तिको माग गरेपछि शव बुझ्न नमानेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । मृतकका आफन्तले क्षतिपूर्ति माग गरेपछि आज निर्माण व्यवसायी र मृतकका आफन्तबीच छलफल हुने बताइएको छ । उक्त सडक प्रदेश सरकारको सहयोगमा चन्द्रा एण्ड वसन्ता जेभी ग्वाल्लेक निर्माण कम्पनीले स्तरोन्नतिको काम गरिरहेको हो ।  

ह्युमपाइप राख्नका लागि बनाइएका खाल्डोमा वर्षातको पानी जम्मा भएको र खेल्ने क्रममा सोमबार अपराह्न ४:३० बजेतिर खाल्डोमा डुबेर दुवै जनाको ज्यान गएको थियो । एकै गाउँका दुईको ज्यान गएपछि पूरै गाउँ शोकमग्न भएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य