२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

परिवारले शव बुझ्न मानेनन्, क्षतिपूर्तिको माग

२०७७, २ भाद्र मंगलवार १०:१४

भदौ २, बैतडी | सडकमा बनाइएको खाल्डोमा डुबेर बैतडीमा दुई बालकको मृत्यु भएपछि स्थानीयवासी आन्दोलित भएका छन् । 

सोमबार अपराह्न खाल्डोमा डुबेर मृत्यु भएका दशरथचन्द नगरपालिका–२ देहीमाडौँका १४ वर्षीय अङ्कित लाबड र ११ वर्षीय सन्दीप लावडको मृत्यु भएको दुई दिनसम्म पनि शव परिवारजनले बुझेका छैनन् ।

सडकमा ह्युमपाइप राख्नका लागि बनाइएको खाल्डोमा परेर दुवैको मृत्यु भएकाले आफन्तले क्षतिपूर्तिको माग गरेका हुन् । घरपरिवारले रु २० लाख क्षतिपूर्तिको माग गर्दै शव बुझ्न नमानेको दशरथचन्द नगरपालिका–२ का वडाध्यक्ष रनबहादुर बोहराले बताउनुभयो । 

देहीमाडौँ–गिरेगडा सडकखण्डअन्तर्गत दशरथचन्द नगरपालिका– २ सुन्दरखालीमा ह्युमपाइप राख्नका लागि बनाइएको खाल्डोमा डुबेर दुई जनाको मृत्यु भएकाले निर्माण व्यवसायीले क्षतिपूर्ति दिनुपर्ने मृतकका आफन्तले माग गरेका छन् । क्षतिपूर्ति नदिँदासम्म आफूहरुले शव नउठाउने उनीहरुले अडान छ । 

मृतकका आफन्तले क्षतिपूर्तिको माग गरेपछि शव बुझ्न नमानेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । मृतकका आफन्तले क्षतिपूर्ति माग गरेपछि आज निर्माण व्यवसायी र मृतकका आफन्तबीच छलफल हुने बताइएको छ । उक्त सडक प्रदेश सरकारको सहयोगमा चन्द्रा एण्ड वसन्ता जेभी ग्वाल्लेक निर्माण कम्पनीले स्तरोन्नतिको काम गरिरहेको हो ।  

ह्युमपाइप राख्नका लागि बनाइएका खाल्डोमा वर्षातको पानी जम्मा भएको र खेल्ने क्रममा सोमबार अपराह्न ४:३० बजेतिर खाल्डोमा डुबेर दुवै जनाको ज्यान गएको थियो । एकै गाउँका दुईको ज्यान गएपछि पूरै गाउँ शोकमग्न भएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा