पाटन अस्पतालमा भक्तपुरकी कोरोना संक्रमित महिलाको मृत्यु

Posted on: 19 Aug, 2020

भदौ ३, काठमाडौं । ललितपुरको पाटन अस्पतालमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । 

भक्तपुरको सूर्यविनायक निवासी ६१ वर्षीया महिलाको आज (बुधबार) मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ती महिला गत साउत २१ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिइन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!