४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चार दिनपछि बाढीपीडितलाई राहत

३ भाद्र २०७७, बुधबार ०६:०८

भदौ ३, सिमकोट। पहिरो गएको चार दिनपछि राहत लिएर कर्णाली प्रदेश सरकारका मन्त्रीको टोली बाजुराको कोल्टी हुँदै हुम्लाको ताजाँकोट पुगेको छ । लामो समयदेखि परेको अविरल वर्षाका कारण माथिबाट आएको पहिराले ताँजाकोट–२ र ३ वडाका घरबारविहीन पहिरोपीडितका लागि प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र कर्णाली योजना आयोगका सदस्य डा दीपेन्द्र रोकायाको टोली मङ्गलबार सो गाउँपालिका पुगेका हुन् । 

पहिरो गएलगत्तै राहत सामग्री लिएर हेलिकप्टरबाट जाने तयारी गरेको प्रदेश सरकारले हेलिकोप्टरको व्यवस्था नभएपछि चार दिनपछि पहिरोपिडितलाई राहत सामग्री लिएर घटनास्थलतर्फ पुगेको वडा नं ४ का वडाध्यक्ष प्रशान्त धमलाले जानकारी दिनुभयो । 

पहिराबाट घरबारविहीन नागरिकलाई अस्थायी बसोबास गर्ने पाल र खानेकुरा लिएर टोली आइपुगेको जनाइएको छ । गत शनिबार र आइतबार ताँजाकोट– २ र ३ मा गएको पहिरामा परेर  गाउँपालिकाको कार्यालय, धर्मोदय माध्यमिक विद्यालयसहित ५४ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रसाद सुवेदीका अनुसार पहिरामा परेर ११८ घरपरिवार विस्थापित तथा १९२ घरपरिवार उच्च जोखिममा छन् । पहिराले ७५६ जना आआफ्ना घरबाट विस्थापित हुनुपरेको मैला प्रहरीचौकीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ