२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश नं १ मा ४२ सङ्क्रमित थपिए

४ भाद्र २०७७, बिहीबार १५:१७

भदौ ४, बिराटनगर | प्रदेश नं १ मा आज ४२ जना कोरोना सङ्क्रमित थपिएका छन् । विगत तीन दिनको सङ्क्रमित हेर्दा भदौ २ गते १३९ जना र ३ गते १२३ जना सङ्क्रमित भएका थिए ।

आज सङ्क्रमित हुनेमा १३ महिला र २९ पुरुष छन् । जसमा सुनसरीका १२, मोरङका १०, तेह्रथुमका नौ, उदयपुरका तीन, धनकुटा र झापामा एक÷एक जना छन् भने प्रदेश बाहिरका छ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

कोरोना सङ्क्रमित देखिनेमा सुनसरीको धरानका तीन महिला तीन पुरुष, कोशी गाउँपालिकाका चार पुरुष, रामधुनी र दुहवीका एक/एक पुरुष, मोरङको बुढीगंगाका दुई महिला दुई पुरुष, सुन्दरहरैचाका एक महिला पाँच पुरुष, तेह्रथुम म्याङलुङका तीन महिला छ पुरुष, उदयपुरको त्रियुगाका एक महिला तीन पुरुष, धनकुटाको शहीदभूमि र झापाको गौरीगञ्जका एक/एक पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 मन्त्रालयका अनुसार प्रदेश बाहिरका महोत्तरीका दुई महिला एक पुरुष, धनुषा र जनकपुरका एक/एक पुरुष र सिरहाका एक महिलामा कोरोना सङ्क्रमण दखिएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ३९७ पुगेको छ । कोरोनाबाट मुक्त हुने १८ जना आज घर फर्केका छन् । घर फर्कनेमा  कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट १४ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट चार जना छन् । 

यस प्रदेशमा आज एक हजार ५०७ जनाको पिसीआर परीक्षण भएको छ । भदौ २ गते दुई हजार ६३१ जना र भदौ ३ गते एक हजार ९४१ जनाको पिसीआर परीक्षण भएको थियो । हालसम्ममा पिसीआर परीक्षण हुनेको सङ्ख्या ७३ हजार ५५३ भएको सामाजिक विकास मन्त्रालयल जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य