२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा भोलीदेखि निषेधाज्ञा

२०७७, ७ भाद्र आईतवार १५:३०

भदौ ७, बैतडी | कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि जिल्लामा सोमबारदेखि निषेधाज्ञा गरिने भएको छ । सोमबार राति १२:०० बजेदेखि यही भदौ १४ गते राती १२:०० बजेसम्म लागु हुने गरी आंशिक रुपमा निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो । 

कोरोना भाइरसको संङ्mमण बढ्दै गएको र गौरापर्व पनि शुरु भएकाले भीडभाड हुन नदिन स्थानीय प्रशासनले आंशिक निषेधाज्ञा जारी गरेको हो  । जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले सङ्क्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी गरिएको आदेशमा अत्यावश्यक सेवा तथा वस्तुबाहेक सबै प्रकारका उद्योग, व्यापार व्यवसाय बन्द गरिने उल्लेख गरिएको छ । 

यस्तै अत्यावश्यक कामबाहेक कसैले बाहिर हिँडडुल गर्न पाइने छैन भने बाहिर निस्कनु परेमा अनिवार्यरुपमा मास्कको प्रयोग गरेर मात्रै निस्कन पाइनेछ । यसैगरी अत्यावश्यक सामग्री ढुवानी गर्ने, एम्बुलेन्स, सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक जिल्लामा अन्य सवारीसाधन प्रवेशमा रोक लगाउने, जिल्लाभित्रका सबै प्रकारका निजी तथा सार्वजनिक सवारी साधनमा रोक लगाइने आदेशमा उल्लेख गरिएको छ । 

काठमाडौंबाट  आएका प्रहरीमा कोरोना पुष्टि 

काठमाडौंबाट बैतडी सरुवा भएका प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएकोे छ । गत साउन २९ गते काठमाडौंबाट बैतडी सरुवा भएका एक प्रहरी जवान र एक अर्का प्रहरी जवानकी छ महिनाकी छोरीमा पनि कोरोना पुष्टि भएको हो । 

आज डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा एक प्रहरी जवानसहित जिल्लाका चार जनामा कोरोना पुष्टि भएको कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिनुभयो । काठमाण्डौंबाट सरुवा भइ इलाका प्रहरी कार्यालय पाटन आएका ३१ वर्षीय प्रहरी जवान, काठमाण्डौंबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालय आउनुभएकी प्रहरी जवानकी छ महिनाकी छोरी, सुर्नया गाउँपालिकाका ३९ वर्षीय पुरुष र दशरथचन्द नगरपालिका–९ का २६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । 

कोरोना पुष्टि भएका प्रहरी जवानको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ भने छ महिने बालिका आफ्नै आमासँग क्वारेन्टिनमा रहेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक गौरीप्रसाद जैशीले जानकारी दिनुभयो । 

यस्तै सुर्नया र दशरथचन्द नगरपालिका–९ का कोरोना पुष्टि भएका पुरुष दुवै जना भारतबाट फर्केर घरमै बसिरहेका स्वास्थ्य कार्यालयका कोभीड–१९ सम्र्पक व्यक्ति जोशीले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो