२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा पहिरोपीडित मृतकका परिवारलाई राहत वितरण

९ भाद्र २०७७, मंगलवार ०२:४३

भदौ ९, बैतडी (रासस) : डिलाशैनी गाउँपालिकाका पहिरोपीडित परिवारलाई राहत वितरण गरिएको छ । परिवारका सदस्य गुमाएका डिलाशैनी–४ बलालीका ऐते बोहरालाई राहत तथा क्षतिपूर्ति दिइएको हो । गत साउन २२ गते राति सुतिरहेका बेला घरमाथिबाट पहिरो खस्दा ऐतेकी ४० वर्षीया श्रीमती पशुपति र १२ वर्षीय छोरा रिकेशको ज्यान गएको थियो ।

 यस्तै घर पूर्णरूपमा क्षतिग्रस्त भएको थियो । पीडित परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिले रु चार लाख राहत दिएको हो । विपद् व्यवस्थापन कोषबाट पीडित परिवारलाई राहत दिइएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले  जानकारी दिनुभयो । पीडित परिवारको खातामा एकमुष्ठ रु चार लाख जम्मा गरिदिएको हो । 

उहाँले भन्नुुभयो, “परिवारका एक सदस्यको मृत्यु भएमा रु दुई लाख र सोही परिवारका अर्का सदस्यको मृत्यु भएमा थप रु एक लाख दिने व्यवस्था छ ।  सोहीअनुसार दुई मृतकको गरेर रु तीन लाख र घर पूर्णरूपमा क्षति भएकाले थप रु एक लाख गरी चार लाख बैंकमार्फत दिएका हौँ ।”

यस्तै जिल्लाका अन्य स्थानीय तहमा पनि पहिरोले गरेको क्षतिको विवरण सङ्कलनको काम भइरहेको जनाइएको छ । अन्य स्थानीय तहमा मानवीय क्षति नभएकाले स्थानीय विपद् व्यवस्थापन समितिले नै क्षतिपूर्ति तथा राहत दिने बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनुभयो । कुन क्षेत्रमा के कति क्षति पुर्याएको छ भन्नेबारे सम्बन्धित स्थानीय तहमा रहेका विषयगत शाखाहरुले हेर्ने र त्यसपश्चात् राहत तथा क्षतिपूर्ति दिइने बताइएको छ । 

यसैबीच बैतडीको सुर्नया गाउँपालिका–५ का पहिरोपीडित चार परिवारलाई राहत सामग्री प्रदान गरिएको छ । पहिरोपीडित वीरबहादुर मडै, दिनेश मडै, रामबहादुर मडै र धर्म मडैको परिवारलाई राहत सामग्री वितरण गरिएको गाउँपालिका उपाध्यक्ष लीला विष्टले बताउनुभयो ।

सोमबार नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बैतडीको सहयोगमा प्राप्त राहत सामग्री वितरण गरिएको हो । राहत सामग्रीमा कपडा, भाँडाकुँडा, त्रिपाल, खाद्यान्नलगायत सामग्री  छन् । यसका साथै उपाध्यक्ष विष्टले आफ्नातर्फबाट राहतस्वरुप पीठो वितरण गर्नुभएको थियो ।

 पीडित परिवारलाई गाउँपालिकाबाट राहत प्रदान गर्ने सम्बन्धमा भने आगामी कार्यपालिकाको बैठकमा छलफल हुने उपाध्यक्ष विष्टले बताउनुभयो । गत हप्ता अविरल वर्षासँगै पहिरो खस्दा सुर्नया–५ का ४ परिवार विस्थापित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य