साउन १२, म्याग्दी । म्याग्दीको भकिम्ली–९ तोराखेतबाट साउन ४ गतेदेखि खस्न सुरु गरेको पहिरो नरोकिँदा बेनी नगरपालिका–४ बगरफाँटका बासिन्दा रातमा घर छोडेर आफन्तकोमा बस्न बाध्य भएका छन् । 

गाउँको सिरानमा रहेको भकिम्ली गाविसको तोराखेतको भीर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, म्याग्दी । म्याग्दीको भकिम्ली–९ तोराखेतबाट साउन ४ गतेदेखि खस्न सुरु गरेको पहिरो नरोकिँदा बेनी नगरपालिका–४ बगरफाँटका बासिन्दा रातमा घर छोडेर आफन्तकोमा बस्न बाध्य भएका छन् । 

गाउँको सिरानमा रहेको भकिम्ली गाविसको तोराखेतको भीर"/>

२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीमा दश दिनदेखि लगातार पहिरो: राति घर छोड्न बाध्य

२०७३, १२ श्रावण बुधबार ०३:१८

साउन १२, म्याग्दी । म्याग्दीको भकिम्ली–९ तोराखेतबाट साउन ४ गतेदेखि खस्न सुरु गरेको पहिरो नरोकिँदा बेनी नगरपालिका–४ बगरफाँटका बासिन्दा रातमा घर छोडेर आफन्तकोमा बस्न बाध्य भएका छन् । 

गाउँको सिरानमा रहेको भकिम्ली गाविसको तोराखेतको भीरबाट विगत १० दिनदेखि लगातार रुपमा खसेको पहिरोका कारण बगरफाँटका बासिन्दा त्रसित बन्नुका साथ सोही दिनदेखि खानेपानीको समस्याबाट समेत पीडित बनेका छन् । 

केही दिनअघि देखिको निरन्तर वर्षाका कारण तोराखेतको झाँक्रीस्थानको जमिन धाँजाधाँजा भएर चर्केको र त्यहीँबाट आएको पहिराले एक घर र दुई गोठ बगाइसकेको छ । तोराखेतका स्थानीय बासिन्दा टेकबहादुर मल्लले दिएको जानकारीअनुसार तोराखेतको कृषि सडकदेखि तल झाँक्रीस्थानसम्मको सम्पूर्ण जमिन तलतिर लच्केको छ भने बाटो माथिको जङ्गलसमेत तलतिर बग्न थालेकाले बगरफाँटको कुरुङदी र जरुवा क्षेत्रका करिब ५० घरपरिवार उच्च जोखिममा रहेका छन् । 

बगरफाँट र भकिम्लीको सिमानामा पर्ने दूधेखोलाको मुहानबाट पाइपमार्फत ल्याइएको पानी उपभोग गर्दै आएका बगरफाँटका बासिन्दा पहिरोले पाइप बगाइदिएपछि खानेपानीको जोहो गर्न कुवा र खोलामा धाउन बाध्य भएको स्थानीयवासी टीकाकुमारी घिमिरेले जानकारी दिए । 

बगरफाँट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत वितरण गरिएको पानी पहिरोले पाइप बगाएपछि अवरुद्ध भएको र गाउँलेलाई समस्या भएको समितिका उपाध्यक्ष चन्द्रबहादुर घिमिरेले जानकारी दिए । 

वनक्षेत्रबाट पाइपमार्फत ल्याइएको पानीको पहिरोले बगरफाँट सामुदायिक वनको विभिन्न तीन स्थानमा पाइप बिगारिदिएको बगरफाँट खानेपानी उपभोक्ता समितिका हेरालु तोपबहादुर कार्कीले जानकारी दिए । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो