४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवलपरासीमा पाँच दिन निषेधाज्ञा थप

१० भाद्र २०७७, बुधबार १५:४२

भदौ १०, नवलपरासी | भारतीय सीमासँग जोडिएको नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा पाँच दिन निषेधाज्ञा थपिएको छ । 

पछिल्लो पटक कोभिड १९ सङ्क्रमित विरामी बढ्दै गएपछि जिल्ला सुरक्षा समितिको आजको बैठकले आगामी भदौ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, सङ्घीय तथा प्रदेशसभा सदस्यहरु, राजनीतिक दल, जिसस तथा स्थानीय तहका प्रमुखहरुसहितको बुधबारको बैठकले कोभिड १९ को सङ्क्रमण समुदायमा फैलिदैँ गएकोले निषेधाज्ञालाई निरन्तरता दिनुपर्नेमा जोड दिएको थियो । 

कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि साउन ३१ गते राति १२ बजेदेखि लागू भएको निषेधाज्ञा तेस्रो पटक थपिएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताउनुभयो । यसअघि साउन ३१ गते राती १२ बजेदेखि भदौ ६ गते राति १२ बजेसम्म र भदौ ६ गते राती १२ बजेदेखि भदौ १० गते राती १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको थियो । अझै पनि सङ्क्रमणको अवस्थाबाट मुक्त नभई सकेको तथा समुदाय स्तरमा सङ्क्रमण फैलिने अवस्थालाई न्यूनीकरण गर्न निषेधाज्ञालाई निरन्तरता दिन आवश्यक भएकोले भदौ १५ गतेसम्मका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी पाठकले जानकारी दिनुभयो । 

निषेधाज्ञा अवधिमा कुनै पनि प्रकारको बैठक, भेला, छलफल, सामूहिक जमघट गर्न निषेध गरिएको छ । निषेधाज्ञाको अवधिमा जिल्लाभित्र सञ्चालित बैङ्क, वित्तिय संस्था तथा सहकारीहरुमा अधिकतम रुपमा विद्युतीय सेवामा जोड दिन तथा मानिसको भौतिक उपस्थितिमा दिईने सेवाहरु निषेधाज्ञा अवधिभर स्थगन गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । 

बढी जनसम्पर्क हुने कार्यालय÷निकायहरुले अत्यावश्यक सेवाहरु न्यूनतम जनशक्ति परिचालन गरी स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गरी सेवा प्रदान गर्न निर्देशन गरिएको छ । निषेधाज्ञाको उल्लङ्घन गरेमा सुरक्षाकर्मीले प्रचलित कानून बमोजिम कारवाही गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पश्चिम नवलपरासीमा हालसम्म १९५ जनालाई कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्ण पोखरेलले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ