साउन १२, म्याग्दी। म्याग्दी सदरमुकाम बेनीसँग जोडिएको पर्वतको उत्तरी वारीबेनी नजिकै गएराति पहिरो जाँदा एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । 

कालीनदीको पुल नजिकै रहेको धौलागिरि कपास उद्योगको माथिबाट राति १ बजेतिर एक्कासि पहिरो आए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, म्याग्दी। म्याग्दी सदरमुकाम बेनीसँग जोडिएको पर्वतको उत्तरी वारीबेनी नजिकै गएराति पहिरो जाँदा एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । 

कालीनदीको पुल नजिकै रहेको धौलागिरि कपास उद्योगको माथिबाट राति १ बजेतिर एक्कासि पहिरो आए"/>

२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

पहिरोमा परी एकको मृत्यु, छ घाइते

२०७३, १२ श्रावण बुधबार ०६:४१

साउन १२, म्याग्दी। म्याग्दी सदरमुकाम बेनीसँग जोडिएको पर्वतको उत्तरी वारीबेनी नजिकै गएराति पहिरो जाँदा एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । 

कालीनदीको पुल नजिकै रहेको धौलागिरि कपास उद्योगको माथिबाट राति १ बजेतिर एक्कासि पहिरो आएको थियो । 

पहिरोबाट गम्भीर घाइते भएकी ११ वर्षीया अङ्किता तामाङको उपचारको क्रममा पोखरा लैजाने क्रममा बाटोमै ज्यान गएको प्रहरी चौकी बेनीले जानकारी दिएको छ । नुवाकोट त्रिशूली घर भई कपास उद्योग सञ्चालन गरेका कमनबहादुर तामाङको उद्योगमा अङ्कितासहित १० जना सुतिरहेका थिए । 

राति सोही अवस्थामा एक्कासि कपास उद्योग माथिको ढिस्को खस्दा उद्योग पूर्णरुपमा ध्वस्त भएको छ । पहिरोबाट तीन जना सकुसल रहेका छन् भने अन्य घाइते छ जनाको जिल्ला अस्पताल म्याग्दीमा उपचार भइरहेको प्रहरी जवान होमबहादुर थापाले जानकारी दिए । 

पहिरोबाट नुवाकोट धोडेनी नगरपालिका विदुर–१० की १६ वर्षीया सुस्मिता तामाङ, सोही स्थानकी ३२ वर्षीया फूलमाया तामाङ, देउराली–२ का २० वर्षीय प्रेम तामाङ, देउराली–२ का ३५ वर्षीय सुवास थापा, देउराली–२ की १२ वर्षीया सृष्टी घले र अङ्गीत तामाङ घाइते भएका छन् । उनीहरुको हात र खुट्टामा चोट लागेको छ । 

पहिरोबाट उद्योगमा कति क्षति भएको छ भन्ने यकिन तथ्याङ्क आउन बाँकी रहेको प्रहरी चौकीले जनाएको छ । केही दिनयता लगातार परिरहेको पानीका कारण उद्योगमाथिको ढिस्को चर्किएर खसेको हुनसक्ने अनुमान गरिएको छ । 

बाढीले लघुजलविद्युत् परियोजना बन्द 

अविरल वर्षापछि आएको बाढीले लघुजलविद्युत् परियोजनाको नहर बगाएपछि म्याग्दीको ओखरबोटका ३८० घरधुरी समस्यामा परेका छन् । 

ओखरबोट–३ च्युरीबोटमा रहेको ३० किलोवाट क्षमताको दाजुङखोला लघुजलविद्युत् आयोजनाको पानी ल्याउने मुहानदेखि करिब १५० मिटर नहर बगाएपछि विद्युत् उत्पादन बन्द भएको छ । 

दाजुङखोलामा आज आएको बाढीले परियोजनाको नहर बगाएपछि ओखरबोट, च्युरीबोट, छाप, महभिरलगायत रुम गाविसको खटेनगाउँका गरी स्थानीयवासी विद्युत् सुविधाबाट वञ्चित भएको परियोजनाका अध्यक्ष नन्दबहादुर राम्जालीले जानकारी दिनुभयो । यो परियोजना विसं २०५७ मा निर्माण गरिएको थियो । 

“भत्किएको नहर तत्कालै मर्मत गर्न बजेट अभाव छ, विद्युत् उत्पादन बन्द भएपछि समस्यामा परेका छाँै अध्यक्ष राम्जालीले भने ।” 

त्यस्तै बाढीले स्थानीय राम विक, मनबहादुर पुनको मकै खेत भएको जमिन बगाएको छ भने जोखे दर्जीको खेतलाई समेत कटान गरेको राम्जालीले जानकारी दिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो