२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

पहिरो पीडितलाई राहत

२०७७, १९ भाद्र शुक्रबार ०४:४७

भदौ १९,  तम्घास । गुल्मीको इस्मा गाउँपालिकाका पहिरो पीडित परिवारलाई राहत प्रदान गरिएको छ । एकीकृत ग्रामीण विकास समाज गुल्मीको संयोजन तथा केयर नेपालको सहयोगमा बिहीवार गाउँपालिकाका ६० परिवारलाई राहत प्रदान गरिएको हो । 

सबै परिवारलाई त्रिपालसहितको सेल्टर किट, सुत्नका लागि प्रयोग हुने म्याट्रिस, महिला तथा किशोरीहरुलाई आवश्यक सामग्रीसहितको डिगनिटी किट र कम्बलसहितको हाइजिन किट प्रदान गरिएको हो । छत्तीस घर पूर्ण क्षति भएका र उच्च जोखिमका तीन घरधुरीलाई राहत प्रदान गरिएको एकीकृत ग्रामीण विकास समाजअन्तरगत रहेको सु–आहारा गुल्मीका फिल्ड संयोजक राजेन्द्र विश्वकर्माले जानकारी दिनुभयो ।

गत असार १८ गते र साउन ६ गते गएको पहिरोले इस्मा गाउँपालिका वडा नम्बर १ मा ३३, वडा नम्बर २ मा तीन, वडा नम्बर ४ मा २२ तथा वडा नम्बर ६ मा दुई घर विस्थापित भएका थिए । विस्थापित परिवार कोही अरुको घरमा, कोही विद्यालय तथा केही परिवारले अन्यत्रै अन्य ठाउँमा अस्थायी बसोबासको प्रबन्ध मिलाएका छन् । संस्थाले प्रत्येक परिवारलाई रु १० हजारका दरले गाउँपालिकामा कुल रु छ लाख बराबरको सामग्री प्रदान गरेको संस्थाका कार्यकारी निर्देशक कृष्ण विश्वकर्माले जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै