Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जब एम्बुलेन्स हिलोमा फस्यो…

२०७७, २६ भाद्र शुक्रबार ०८:५८

रामबहादुर थापा, भदौ २६, बागलुङ (रासस) । बुर्तिबाङस्थित उत्तरगङ्गा माविका प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेल केही दिनअघि अचानक बेहोस भई विद्यालय प्राङ्गणमै लड्नुभयो । स्वास्थ्य स्थिति गम्भीर बनेकाले उहाँलाई तुरुन्त सुविधायुक्त अस्पताल पु¥याउनुपर्ने थियो । साँझ छिपिइसकेकाले तत्काल हेलिकप्टर बोलाउन सम्भव भएन । एम्बुलेन्समा राखेर पौडेललाई रातारात पोखरा हिँडाइयो ।

वर्षात्ले क्षतविक्षत पारेको सडक त्यहीँमाथि रातको समय । बुर्तिबाङ–बागलुङ ९० किमि पार गर्न एम्बुलेन्सलाई घण्टौँ लाग्यो । घडीमा बिहानको ३ बज्दै थियो । एम्बुलेन्स बागलुङ नगरपालिका–३ बोक्से आइपुग्दा मध्यपहाडी लोकमार्गको हिलोमा एक्कासी फस्यो ।

एम्बुलेन्सले हिलाम्मे सडक छिचोल्न सकेन । आकस्मिक उपचारका लागि बिरामी लिएर आएको एम्बुलेन्स तीन घण्टा त्यहीँ रोकियो । बिरामी लिएर आएका आफन्त अत्तालिए । बिरामीलाई बेलैमा अस्पताल पु¥याउन नसकिने हो की भन्ने चिन्ताले पिरोलिए ।

पौडेलसँगै साथमा आउनुभएका निसीभूजी जनता क्याम्पसका अध्यक्ष चन्द्र अर्यालले प्रहरीलाई खबर गर्नुभयो । बिरामीको उद्धारका लागि बागलुङ बजारबाट अर्को एम्बुलेन्स पठाइयो । सोही एम्बुलेन्समा राखेर पौडेललाई सदरमुकाम ल्याइयो । त्यतिञ्जेल उज्यालो भइसकेको थियो । 

पौडेललाई जतिसक्दो छिटो पोखरा पु¥याउनुपर्ने थियो । बोक्सेबाट उहाँलाई बोकेर ल्याएको एम्बुलेन्समा अक्सीजन थिएन । सोही कारण पौडेललाई झण्डै एक घण्टा थप सकस भयो । पछि बुर्तिबाङबाटै आएको एम्बुलेन्सलाई हिलोबाट तानेपछि पुनः त्यसैमा राखेर उहाँलाई पोखरा लगियो ।

पोखरामा उपचार हुन नसकेपछि पौडेललाई भदौ १७ गते बेलुकीपख बल्ल हेलिकप्टरबाट काठमाडौँको मेडिसिटी अस्पताल पु¥याइयो । “सडकका कारण सारै दुःख पाइयो, गम्भीर अवस्थाको बिरामी बोकेको एम्बुलेन्स घण्टौँसम्म हिलोमा फस्नु कस्तो बिडम्वना”, अर्यालले भन्नुभयो ।

यात्रामा निम्तिएको त्रास र जोखिमबीच पौडेललाई काठमाडौँ पु¥याइएको उहाँको भनाइ छ । मस्तिष्कको नशासम्बन्धी समस्याबाट ग्रसित हुनुभएका पौडेलको अहिले पनि सघन कक्षमा उपचार भइरहेको अर्यालले बताउनुभयो । “स्वास्थ्य अवस्था सुधारोन्मुख छ, सामान्य मानिस चिन्ने, बोल्न सक्ने हुनुभएको छ”, उहाँले भन्नुभयो ।

अस्पतालका वरिष्ठ न्यूरो सर्जन गोपालरमण शर्मासहित चिकित्सक, स्वास्थ्यकर्मीको टोलीले मस्तिष्कको शल्यक्रिया गरेका थियो । स्तरीय सडक हुन्थ्यो भने पौडेललाई समयमै अस्पताल पु¥याउन सक्ने स्थिति हुन्थ्यो । यात्रा पनि सहज बन्थ्यो ।

बागलुङ–घोडाबाँधे खण्डको बोक्सेमा यो वर्षायाममा मात्रै कैयौँपटक सडक अवरुद्ध भयो । वर्षेनि खस्ने पहिराका कारण त्यहाँको सडक दुरावस्थामा पुगेको छ । सदरमुकामसँग जोडिएको उक्त खण्ड मार्ग खुलेको २२ वर्ष पुग्न लाग्दासमेत कालोपत्र हुने सकेको छैन । कमेरे माटो र पानीको दलदलले बोक्सेमा सवारी चलाउन सहज छैन ।

लोकमार्गको बागलुङतर्फ मात्र नभई पोखरा जोड्ने सडकमा पनि उस्तै सास्ती खेप्नुपर्ने स्थिति छ । जीर्ण सडक त्यहीँमाथि ठाउँठाउँमा पहिरा, खाल्डाखुल्डी र हिलोको अवरोधले लोकमार्गको यात्रा कष्टकर बन्ने गरेको छ । सडकका कारण गम्भीर बिरामी घण्टौँ बाटोमै रोकिनु दुःखद् भएको बागलुङ–१ (क) का प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले बताउनुभयो ।

लोकमार्गको दुर्दशाले सर्वसाधारणसँग मुख देखाउन पनि लाज लाग्ने अवस्था भएको उहाँको भनाइ छ । “कैयौँ पटक बैठक बसेर लोकमार्गको कामलाई गति दिने निर्णय भयो, तर अवस्था जहाँको त्यहीँ छ”, उहाँले भन्नुभयो, “हामीले जति प्रयास गर्दा पनि सकेनौँ ।” अझै केही समय सडक त्यही हालतमा रहने हो भने जनप्रतिनिधिलाई नागरिकले घेरा हाल्ने स्थिति आउने उहाँको भनाइ छ ।

बागलुङ–१ का प्रतिनिधिसभा सदस्य सूर्य पाठकले निर्माण कम्पनीको लापरवाहीले लोकमार्गको त्यो स्थिति भएको बताउनुभयो । उहाँले समयमा काम नगर्ने ठेकेदारलाई माथिबाटै कारवाही गरौँ भन्दा पनि नसकिएको बताउनुभयो । पटकपटक ठेक्काको म्याद थपिँदा पनि निर्माण कम्पनीले काम नगरेको पाठकको आरोप छ ।

जिल्लाको पश्चिमतर्फ अधिकांश खण्ड कालोपत्र भइसक्दा सदरमुकामदेखि घोडाबाँधेसम्मको २५ किमि सडक अझै कच्ची छ । वर्षामा हिलो र हिउँदमा धुलोको दुश्चक्रबाट त्यस क्षेत्रका स्थानीयवासीले मुक्ति पाउन सकेका छैनन् । वर्षायाममा त लोकमार्ग झन् ‘बेहाल’ देखिन्छ । पहिरा छल्दै, हिलो छिचोल्दै यात्रा गर्नुपर्छ ।

लोकमार्ग आयोजना र निर्माण कम्पनीले कालोपत्रको आश्वासन दिन थालेको वर्षौँ बितिसक्यो । आयोजनाले काम ढिलो हुनुमा ठेकेदार कम्पनीमाथि दोष थोपर्दै आइरहेको छ । ठेकेदार कम्पनीले भने विभिन्न कारण देखाउँदै निर्माण कार्यमा ढिलासुस्ती गर्दै आएका छन् ।

बागलुङ बजारदेखि बिहुँसम्मको १३ किमिको ‘सिद्वीटाई कन्सट्रक्सन’ र ‘सूर्य कन्सट्रक्सन’ लाई घोडाबाँधेसम्मको बाँकी खण्ड निर्माणको जिम्मा छ । दुवै खण्डमा छिटपुट रुपमा सडक विस्तार, नाली, पर्खाललगायतका पूर्वाधार तयारीका काम भएपनि ती पनि भत्कीसकेका छन् ।

अहिले फेरि न्यून सङ्ख्यामा कामदार निर्माणमा खटिएका देखिन्छन् । काम कहिले सकिन्छ कुनै टुङ्गो छैन । निर्माण कम्पनीले आउँदो वर्षसम्ममा कालोपत्र गर्ने आश्वासन पुनः दोहोराउन थालेका छन् । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको १४२ किमि दूरी बागलुङमा पर्छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश