मध्यरातमा बाहिर आवाज आएपछि सबै परिवार जुरुक्क उठे । सानो–सानो गदै ठुलो आवाज आउन थालेपछि सबैलाई भित्र रोकेर ११ बर्षिया अंकिता तामाङ ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मध्यरातमा बाहिर आवाज आएपछि सबै परिवार जुरुक्क उठे । सानो–सानो गदै ठुलो आवाज आउन थालेपछि सबैलाई भित्र रोकेर ११ बर्षिया अंकिता तामाङ ब"/>
२०८२, ७ चैत्र शनिबार
म्याग्दी - MGD

अंकिता तामाङ, जसले आफुँ पहिरोमा परेर, परिवारलाई बचाईन

२०७३, १२ श्रावण बुधबार १६:२७

 हरिकृष्ण गौतम | साउन १२, म्याग्दी | मध्यरातमा बाहिर आवाज आएपछि सबै परिवार जुरुक्क उठे । सानो–सानो गदै ठुलो आवाज आउन थालेपछि सबैलाई भित्र रोकेर ११ बर्षिया अंकिता तामाङ बाहिर निस्किईन् । उनलाई परिवारका अन्य सदस्यले रोक्ने प्रयास गरेपनि सफल भएनन् । परिवारलाई भित्रै छाडेर उनि बाहिर के भएको छ भन्ने जानकारी लिन निस्केकी थिईन । तर उनि तत्काल माथीबाट आएको पहिरोमा अंकिता परिन्।

पर्वत माझफाँट–३ स्थित पवर्तबेनीस्थित मल्लाज जाने पदमार्गको प्रवेशद्धार नजिक रहेको धौलागिरि कपास उद्योगमा बुधबार मध्यरातमा उद्योग माथीबाट आएको पहिरोमा परेर गम्भीर घाईते भएकी तामाङ आफुँ कहिल्यै नफर्कने गरी विदा भएपनि परिवारका अन्य सदस्यलाई यो संसारमा छोडेर गएकी छन् । 

दुई परिवारका १० जनाको बसोबास रहेको उद्योग माथिबाट खसेको पहिरोले तामाङ परिवार शोकमा डुबेको छ । ‘आवाज आउने वित्तिकै बाहिर निस्किए पहिरोमा परिन् । हामी सबैलाई भित्र राखेर संसारबाट विदा भईन्’अंकिताकी आफन्त सविना तामाङ्गले भनिन् । पहिरो आउने वित्तिकै सबै बाहिर निस्किएको भए एकै चिहान हुने थिए । तर अंकिता गएपछि बाहिर कोहि गएनन्  जिल्ला अस्पताल म्याग्दीमा उपचार गराइरहेका आफन्तले सबै बाहिर निस्कने अवस्था नरहेको बताए ।

 पहिरोको आवाज आउने वित्तिकै बेनी कालिपुलबासीले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा खवर गरेपछि पुगेको प्रहरीको टोलीले घाईते अवस्थामा अंकितालाई उद्धार गरेर उपचारका लागि पोखरा लैजादै गरेको अवस्थामा बाटोमा मृत्यु भएको थियो । ‘मृतक बालिका बाहिर निस्किएका कारण अरू जोगिए । सबै बाहिर निस्किएको भए ठुलो मानवीय क्षती हुनेथियो’पर्वत प्रहरी चौकी प्रमुख एवम् प्रहरी सहायक निरिक्षक धुव्र बहादुर बोहोराले भने ।

 उनले गम्भीर घाईते अवस्थामा उद्धार गरी तत्कालै पोखरा पठाउँदा बाटोमा मृत्यु भएको खवर आएको बताउँदै बालिकाको सतर्कताले परिवारका अन्य सदस्यको ज्यान जोगिएको बताए । गत बैशाख १ गते कमन बहादुर तामाङ्गबाट फुलमायाँ थापामगरले उद्योग खरिद गरेकी थिईन् ।उद्योग खरिद गरेपछि फुलमायाँ र उनकी बहिनी सविनाको परिवार समेत म्याग्दी आएका थिए । मृतक अंकिता फुलमायाँकी कान्छी छोरी हुन् |

 बेनीबजारस्थित लिटल गार्डेन एकेडेमीका कक्षा ४ मा अध्ययरत अंकिता विद्यालयकै नमुना विद्यार्थी समेत हुन्। शिक्षासंगै अतिरिक्त गतिविधिमा समेत सहभागिता जनाउने गरेकी अंकितको निधनले विद्यालयलाई अपुरणीय क्षती पुगेको विद्यालयका संस्थापक बालकृष्ण सुबेदीले बेनीअनलाइनलाई बताए ।‘एउटा असल विद्यार्थीलाई दैबको आँखा लाग्यो । फरक परिवेशबाट आएपनि उनको सक्रियताबाट उत्साहित थियौ’सुबेदीले भने ।

 प्राथमिक तहमा अंकिताको सक्रियताले धेरै विद्यार्थीले सिक्ने अवसर समेत पाएको सुबेदीको भनाई छ । पहिरोमा परेर अंकिताका आफन्त देउराली गाविस– २ की १२ बर्षिया सृष्टि घले, १२ बर्षका अजय तामाङ, ३२ बर्षिया फुलमायाँ तामाङ, २८ बर्षिया सविना घले,३ बर्षका विजय घले,नुवाकोट विदुर–१० का प्रेम तामाङ ३५ बर्षिय सुवास थापा,त्रिशुली ढोरेनी नगरपालिका–१० की १६ बर्षिया सुस्मिता तामाङ घाईते भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश