२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सहस्रधारामा निरन्तर पहिरो, दैनिक घण्टौँ रोकिन्छन् सवारी साधन

२०७७, ३ आश्विन शनिबार १५:४९

असोज ३, पर्वत (रासस) । वर्षा हुनासाथ मध्यपहाडी लोकमार्गको पर्वत– बागलुङ सडक पनि दैनिक बन्द हुन्छ । कुस्मा नगरपालिका १ सहस्रधारामा निरन्तर पहिरो झर्ने क्रम नरोकिएपछि दैनिक रुपमा सडक अवरुद्ध हुँदै आएको छ । 

कुस्मा १ पाङ जोड्नका लागि सहसधारा –पाङ सडक निर्माण गरिएपछि सहस्रधाराका विभिन्न ठाउँमा पहिरो खसेको छ । गत असार २८ गते सडकको ठूलो भूभाग खसेपछि सहस्रधारामा पहिरोले सडक अवरुद्ध भएको थियो भने पछिल्लो समय सडकको शुरुआत भएकै ठाउँमा पहिरो गएपछि दैनिक रुपमा यातयात अवरुद्ध हुँदै आएको छ । सडक अवरुद्ध हुँदा यातयातका साधन घण्टौ रोकिने गरेका छन् । अहिले लामो दूरीका सवारी साधन खुलेपछि यात्रुको चाप बढेपनि अवरुद्ध हुँदा त्यसले यातयात व्यवसायी र यात्रु प्रभावित हुन पुगेका छन । 

जिल्ला प्रहरी कार्यालयले सहस्रधारामा पहिरो खसिरहेको जनाएको छ । शुरुमा ढुङ्गा खसेपनि पछिल्ला दिनहरुमा लेदो समेत बगेका कारण झनै समस्या भएको छ । शनिबार बिहान पनि खसेको पहिरो हटाएर यातयात सुचारु गरिएको थियो ।

शुक्रबार पनि सडक अवरुद्ध नै भएको थियो पानी पर्न रोकिएपछि सडक खुलाउने काम भएको थियो । “दैनिक रुपमा सडक अवरुद्ध हुँदा समस्या भएको छ ।” कार्यालयका प्रमुख वरिष्ठ प्रहरी निरीक्षक विश्वराज अधिकारीले भन्नुभयो“वर्षात नरोकिए सम्म सडक अबरुद्ध हुने समस्या नहट्ने देखियो ।” वर्षा नरोकिँदा निरन्तर पहिरो बग्ने गरेका कारण  डोजर चलाउन समेत कठिन हुने गरेको छ । 

गत भदौ २८ गते पछि निरन्तर पहिरो खसेको छ । त्यस बखत तीन पछि मात्रै अवरुद्ध सडक सुचारु भएको थियो । सडक खुलाउनका लागि दुई वटा स्काभेटर तयारी अबस्थामा राखिएको छ । दैनिक ४, ५ घण्टा स्काभेटर चलाएर सडक खुलाउँदा सडक निर्माणको जिम्मा लिएको लामा कन्ट्रक्सनले पनि थप आर्थिक भार बेहोर्न बाध्य छ ।

निर्माण कम्पनीका व्यवस्थापक गोबिन्द भुसालका अनुसार डोजर परिचालनमा दैनिक ५ हजार खर्च भैरहेको छ भने सडकमा खाल्डाखुल्डी पुर्ने काम पनि गर्न कठिन भएको छ । भएका स्काभेटर त्यही पहिरो हटाउन प्रयोग हुँदा अन्य काम पनि प्रभावित हुँदै आएको उहाँ बताउनुहुन्छ । पहिरो हटाउनका लागि प्रयोग हुने इन्धन र खर्च कम्पनीको थप खर्च हो जुन उसले लोकमार्ग आयोजना कार्यालयबाट समेत पाउँदैन । 

मुख्य राजमार्गबाट जथाभावी रुपमा शाखा सडकहरु निर्माण हुँदा जताततै राजमार्ग ध्वस्त बनाउने काम भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका प्रमुख आषिश थापा मगर बताउनुहुन्छ । “शाखा सडक खन्दा मुख्य राजमार्गमा असर नपर्ने गरि खन्नुपर्ने हुन्छ,” उहाँले भन्नुभयो, “वर्षेनी शाखा सडकबाट आउने पहिरो र लेदोका कारण राजमार्गमा पहिरो र मर्मत गर्न समस्या हुने गरेको छ ।” सहस्रधारामा पनि शाखा सडकबाटै पहिरो आएका कारण समस्या भएको र वर्षा याम सकिएपछि पहिरो रोकमाथामका लागि आवश्यक प्रक्रिया थालिने उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह