साउन १३, मुस्ताङ । अविरल वर्षाका कारण बेनी–जोमसोम सडकखण्डको आधा दर्जन स्थानमा पहिरो खस्दा यातायात अवरुद्ध बनेको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १३, मुस्ताङ । अविरल वर्षाका कारण बेनी–जोमसोम सडकखण्डको आधा दर्जन स्थानमा पहिरो खस्दा यातायात अवरुद्ध बनेको छ । 
१३ पुष २०८१, शनिबार
काठमाडौँ - KTM

बेनी-जोमसोम सडकखण्ड अबरुद्ध, तीर्थयात्री मर्कामा

१३ श्रावण २०७३, बिहीबार ०९:३७

साउन १३, मुस्ताङ । अविरल वर्षाका कारण बेनी–जोमसोम सडकखण्डको आधा दर्जन स्थानमा पहिरो खस्दा यातायात अवरुद्ध बनेको छ । 

बहत्तर किलोमिटर सडकखण्डअन्तर्गत म्याग्दीको चमरे, राहुपारे, बैसरी, भिरकाट्टे, दाना काभ्रे, बाधरजुँगे भिरमा पहिरो र मार्फास्थित ठाडोखोलामा जोडिएको पुल बगाएपछि मङ्गलबार रातिदेखि सीधा यातायात अवरुद्ध बनेको हो । 

मार्फामा बगाएको काठको पुलको विकल्पको खोजी भइरहेकाले यात्रु सवारीसाधन परिर्वतन गरेर आवतजावत गरिरहेका छन् । मुक्तिनाथ दर्शन र मुस्ताङ भ्रमणका लागि उपयुक्त मौसम मानिने यो समयमा सडक अवरुद्ध हुँदा स्थल मार्ग हुँदै आउने आन्तरिक तथा बाह्य तीर्थयात्री र पर्यटक मारमा परेका छन् । 

चमरे र बैसरीमा सडक नै भासिँदा तीर्थयात्री पैदलमार्फत घुमाउरो बाटोबाट यात्रा गर्दै आएका छन् । मुक्तिनाथ दर्शन र कागबेनीमा स्नानका लागि भारतीय तीर्थयात्री यतिबेला मुस्ताङमा बढी जाने गरेका छन् । वर्षापछिको पहिरोले सडक जीर्ण बनेपछि यात्रा जोखिमपूर्ण बनेको यातायात व्यवसायी सुमन श्रेष्ठले जानकारी दिएक छन् । 

वर्षाले मुस्ताङखण्डमा पुल बगाउनुबाहेक खासै प्रभाव पारेको छैन । दुई जिल्लाको सिमाना बाँधरजुँगे भिरदेखि म्याग्दीखण्डसम्मको भाग जोखिमपूर्ण छ । 

“पहिरो नरहेको ठाउँमा पनि हिलोले गाडी जानै सक्ने अवस्था छैन,” सचिव श्रेष्ठले भने– “केही ठाउँमा हाम्रो गाडी पनि फसेका छन् ।” पहिरो खसेको स्थानमा यात्रुको सहयोग र उद्धारका लागि प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीले सीमा प्रहरीचौकी भुरुङतातोपानी र दाना प्रहरीचौकीबाट प्रहरी परिचालन गरेको बताइएको छ । 

पर्यटकको चाप बढी हुने यो सडकखण्डका म्याग्दीतर्फ बढी समस्या देखिएकाले स्थानीय प्रशासनसँग सहकार्य गरेर खुलाउने प्रयास भइरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए । 

वर्षाले थुप्रै स्थानमा पहिरो झरेको र सडक जीर्ण बनेकाले सडक विभाग बागलुङसँग सहकार्य गरेर डोजरमार्फत पहिरो हटाउने काम सुरु गरिएको उनले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीलाई एमाले नेतृत्वबाट बिदा हुन घनश्याम भुसालले दिए सुझाव ड्राइ सिजनमा विद्युत अभाव हुनसक्छ : कुलमान घिसिङ प्रमुख दुई दलको सहमतिमा संविधान संशोधन हुन्छ : मन्त्री गुरुङ महोत्तरीमा एनपीएल विजेता जनकपुर बोल्ट्सको ‘ट्रफी परेड’ पीएल सिंहले छाडेर गएका कामहरुलाई निरन्तरता दिनुपर्छ : देउवा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाटै पेट्रोल र मट्टितेल आयात सुरु जानकी मन्दिरमा बेलायती राजदूत फेनले मनाए २२ औं वैवाहिक वर्षगाठ कारले ३५ जनाको हत्या गर्ने एक व्यक्तिलाई दियो मृत्युदण्ड अजरबैजान एयरलाइन्‍सको विमान दुर्घटना बाह्य प्राविधिक हस्तक्षेपका कारण भएको आरोप सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन कार्यकक्षमै एक प्रहरी जवानले आफैँमाथि चलाए गोली ! कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन शिक्षा शाखालाई निर्देशन गुल्मीमा टिपर दुर्घटनामा हुँदा एक जनाको मृत्यु,एक घाइते कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न महानगरले गर्यो पत्राचार जसपा नेपाल केन्द्रीय प्रचार विभागको बैठक आज बस्दै कालिकोटमा गयो भूकम्प, १३ दिनमा पश्चिम नेपालमा ७ वटा भूकम्पको पराकम्प लगातार बढ्दै डलरको विनिमय दर,यस्तो छ आजको विनिमयदर आजको मौसम: दिउँसो देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रास्वपा संसदीय दलको नेतामा को ?