असोज ७, मकवानपुर । मकवानपुरमा बुधबार २६ जनामा कोरोना पुष्टि भएको छ । मकवानपुरमा बुधबार साँझ थप १२ जनामा कोरोना पुष्टि भएको छ भने आज बिहान मात्र १४ जना कोरोना संक्रमित थपिएका थिए।
हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार बुधबार साँझ १२ जनामा संक्रमण पुष्टी भएको हो । रिपोर्ट अनुसार ८ महिला र ४ पुरुषमा संक्रमण पुष्टी भएको छ । असोज ५ गते संकलन गरिएको स्वाबको हेटौँडामा रहेको किटजन्य रोग तथा तालिम केन्द्रमा गरिएको परीक्षणको नतिजा सार्वजनिक गरेको जनाईएको छ ।