साउन १३, धनकुटा । धनकुटाको परेवादिन गाविस-५ सिधुवामा बिहीबार दिउँसो यात्रुबस दुर्घटना हुँदा पूर्व अर्थ राज्यमन्त्रीसहित  "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १३, धनकुटा । धनकुटाको परेवादिन गाविस-५ सिधुवामा बिहीबार दिउँसो यात्रुबस दुर्घटना हुँदा पूर्व अर्थ राज्यमन्त्रीसहित  "/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

धनकुटा बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुग्यो

१३ श्रावण २०७३, बिहीबार १२:३३

साउन १३, धनकुटा । धनकुटाको परेवादिन गाविस-५ सिधुवामा बिहीबार दिउँसो यात्रुबस दुर्घटना हुँदा पूर्व अर्थ राज्यमन्त्रीसहित  १३  जनाको मृत्यु भएको छ ।

सातजनाको घटनास्थलमा र ६ जनाको धरानको बीपी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

संखुवासभाको मुडेशनिश्चरेबाट धरान जाँदै गरेको बा २ ख ७३६६ नम्बरको बस हिलटप होटल नजिक दिउँसो सवा १२ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका २९ जनाको अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा पूर्व अर्थराज्यमन्त्री हरिराज खेवासहित ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । माओवादी नेता वर्षमान पुन ‘अनन्त’ अर्थमन्त्री हुँदा उनी राज्यमन्त्री थिए । बस दुर्घटनामा मृत्यु भएकामध्ये खेवासहित तीन जनाको मात्रै सनाखत भएको प्रहरीले बताएको छ । मृत्यु हुनेमा धरानको वेदप्रकाश अग्रवाल र परेवादिन–४ को तारा बस्नेत रहेका छन् ।

दुर्घटनामा परी दर्जनौँ यात्रु घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

डाँफे मुनाल यातायातको बस सडकबाट करिब दुई सय फिट तल खसेको छ ।

घटनास्थलमा सिधुवा प्रहरी, स्थानीयबासी र जिल्ला प्रहरी कार्यालयको टोलीले उद्धार गरेको थियो । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक उमाशंकर प्रसाद यादवको नेतृत्वको टोली खटिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार