साउन १३, धनकुटा । धनकुटाको परेवादिन गाविस-५ सिधुवामा बिहीबार दिउँसो यात्रुबस दुर्घटना हुँदा पूर्व अर्थ राज्यमन्त्रीसहित  "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १३, धनकुटा । धनकुटाको परेवादिन गाविस-५ सिधुवामा बिहीबार दिउँसो यात्रुबस दुर्घटना हुँदा पूर्व अर्थ राज्यमन्त्रीसहित  "/>
२०८२, २७ चैत्र शुक्रबार
काठमाडौँ - KTM

धनकुटा बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुग्यो

२०७३, १३ श्रावण बिहीबार १२:३३

साउन १३, धनकुटा । धनकुटाको परेवादिन गाविस-५ सिधुवामा बिहीबार दिउँसो यात्रुबस दुर्घटना हुँदा पूर्व अर्थ राज्यमन्त्रीसहित  १३  जनाको मृत्यु भएको छ ।

सातजनाको घटनास्थलमा र ६ जनाको धरानको बीपी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

संखुवासभाको मुडेशनिश्चरेबाट धरान जाँदै गरेको बा २ ख ७३६६ नम्बरको बस हिलटप होटल नजिक दिउँसो सवा १२ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका २९ जनाको अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा पूर्व अर्थराज्यमन्त्री हरिराज खेवासहित ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । माओवादी नेता वर्षमान पुन ‘अनन्त’ अर्थमन्त्री हुँदा उनी राज्यमन्त्री थिए । बस दुर्घटनामा मृत्यु भएकामध्ये खेवासहित तीन जनाको मात्रै सनाखत भएको प्रहरीले बताएको छ । मृत्यु हुनेमा धरानको वेदप्रकाश अग्रवाल र परेवादिन–४ को तारा बस्नेत रहेका छन् ।

दुर्घटनामा परी दर्जनौँ यात्रु घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

डाँफे मुनाल यातायातको बस सडकबाट करिब दुई सय फिट तल खसेको छ ।

घटनास्थलमा सिधुवा प्रहरी, स्थानीयबासी र जिल्ला प्रहरी कार्यालयको टोलीले उद्धार गरेको थियो । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक उमाशंकर प्रसाद यादवको नेतृत्वको टोली खटिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार