२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा सवा तीन अर्ब राजश्व सङ्कलन

२०७७, १० आश्विन शनिबार ०८:१८

असोज १०, घोराही (रासस) । कोरोना महामारीको समयमा पनि दाङमा सवा तीन अर्ब राजश्व सङ्कलन भएको छ । जिल्लाका सङ्घ, प्रदेशअन्तर्गतका कार्यालयहरु र स्थानीय तहमा सो राजश्व सङ्कलन भएको हो ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार आर्थिक वर्ष २०७६÷७७ को साउन मसान्तसम्म यी कार्यालयहरुले रु तीन अर्ब १६ करोड राजश्व सङ्कलन गरेका छन् ।

तीमध्ये सबैभन्दा धेरै आन्तरिक राजश्व कार्यालयले रु दुई अर्ब १० करोड राजश्व सङ्कलन गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

ती मध्ये सङ्घ सरकारअन्तर्गत रहेका कार्यालयहरुले रु दुई अर्ब ५४ करोड बढी राजश्व सङ्कलन गरेका छन् भने प्रदेश सरकारअन्तर्गतका कार्यालयहरुले रु ६२ करोड १६ लाख राजश्व सङ्कलन गरेका छन् ।

कार्यालयका अनुसार दाङमा जिल्ला अदालत, घोराही उपमहानगरपालिका, प्रगन्ना तथा बड्का पथ सिँचाइ आयोजना, जिल्ला ट्राफिक कार्यालय, नापी कार्यालय र मालपोतलगायतले सबैभन्दा धेरै राजश्व सङ्कलन गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह