२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सम्झनाको शव उठेन

२०७७, ११ आश्विन आईतवार ०१:४८

असोज ११, काठमाडौँ | मष्टा गाउँपालिका–२ खिकाला गाउँमाकी १२ वर्षीया सम्झना विक गाउँकै मष्टा आधारभुत विद्यालयमा ६ कक्षामा पढ्दै थिइन्। कोरोनाका कारण विद्यालय बन्द भएकाले सम्झना घरायसी काम सघाउँदै आएकी थिइन्। उनका आमाबुबा रोजगारीका क्रममा भारत गएको चार वर्ष भयो। सम्झनाले दुईदिनअघि मात्रै भारतमा रहेका बुबाआमासँग कुरा गरेकी थिइन्। उनले यसपालिको दसैंमा घर आउँदा आफूलाई राम्रो लुगा, मोबाइल र झोला ल्याइदिन भनेको उनकी हजुरआमा हासु कामीले बताइन्।

सम्झनाले सामान मागेको हप्तादिन नपुग्दै उनले सधैंका लागि संसार छाडेकी छन्। बुधबार दिउँसो करिब १२ बजेको थियो। परिवारका तीन बहिनी र हजुरआमा (बज्यै)सँगै बसेर दिउँसोको खाना खाए। यो खाना नै उनको परिवारसँगै बसेर खाएको अन्तिम खाना भयो। घरमा खाना खाएर सम्झना घरभन्दा आधा घण्टा टाढा रहेको गोठमा गएकी थिइन्। तर उनी गोठ नपुग्दै बीच बाटोबाटै अपहरणमा परिन। नजिकैको मन्दिरमा लगेर उनको बलात्कार पछि हत्या भयो।

उनको हत्या भएको चार दिन पुगेको छ तर अहिलेसम्म आफन्तले शव बुझ्न मानेका छैनन्। सम्झनाको शव चारदिनदेखि जिल्ला अस्पतालमा राखिएको छ। पोष्टमार्टम गरिएको भए पनि हत्यारा पत्ता नलगाएर कारबाही नहुँदासम्म शव नउठाउने भन्दै पीडित परिवारले स्थानीय प्रशासनमा दबाब दिँदै आएका छन्।

सम्झनाले घरबाट बोकेर गएको डोको नाम्लो र हँसिया सिम देवताको मन्दिर नजिक भेटिएको थियो। मन्दिरभित्र बलात्कारपछि धारीलो हतियारले टाउको र शरीरमा हानेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो। सम्झनाले कानमा लगाएको पाँच आना सुनका गहनासमेत लुटिएको प्रहरीले बताएको छ। प्रहरीले घटनामा संलग्न रहेको आशंकामा स्थानीय राजेन्द्र बोहरालाई नियन्त्रणमा लिएको छ। 

- यो समाचार आजको नागरिक दैनिकमा जगत खड्काले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने