२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुर सिमेन्ट उद्योगका मजदूरहरु आन्दोलित

२०७७, १२ आश्विन सोमबार १५:३७

असोज १२, गाइघाट (रासस) । उदयपुर सिमेन्टका मजदूरहरुले पुनः नियुक्तिको माग गर्दै आन्दोलित भएका छन् । 

कोरोना भाइरस सङ्क्रमणका कारण केही समयका लागि उद्योग बन्द हुँदा आफूहरुलाई बिदा दिएको उद्योग व्यवस्थापन पक्षले अहिले उद्योग सञ्चालनमा आएपछि काममा फर्कन नदिएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको मजदूरहरुले बताएका छन् । यसरी आन्दोलित भएका मजदूरहरुमध्ये वरिष्ठ मेकेनिकदेखि प्राविधिक गरी एक सयभन्दा बढी छन् । 

आफूहरुको रोजीरोटी सङकटमा परेको हुँदा काममा नफर्काएसम्म आन्दोलन जारी रहने मजदूर आन्दोलनका अगुवा भुमराज राई र श्रवण कोइरालाले बताउनुभयो । उनीहरुले सङ्घर्ष समिति र दवाब समूह गठन गरेर आइतबारदेखि उद्योगको मूल ढोकममा अनिश्चितकालिन धर्ना बसेका छन् । 

“कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण गत चैतदेखि नै सिमेन्ट उद्योग नियमित रुपमा सञ्चालनमा आउन नसक्दा अधिकांश प्राविधिक मजदूरलाई बिदाई गरिएको छ”, उद्योगका निमित्त प्रबन्धक नवल किशोर साहले भन्नुभयो, “अहिले पनि नियमित रुपमा उद्योग सञ्चालनमा आएको छैन । उद्योग घाटामा रहेकाले तत्काल मजदूरहरुलाई काम दिन सकिदैन् ।”

काममा लगाएपछि पारिश्रमिक दिनुपर्दछ तर पारिश्रमिक दिने क्षमता उद्योगसँग छैन् । यस्तो अवस्थामा उनीहरुलाई काममा फर्काउन नसिकने उद्योग व्यवस्थापन पक्षको भनाइ छ । वार्ता र सम्वादद्वारा समस्याको सामाधान गर्न व्यवस्थापन पक्ष तयार रहेको प्रवन्धक साहको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह