२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा यातायातका साधनले सरकारले तोकेभन्दा बढी भाडा लिँदै

१३ आश्विन २०७७, मंगलवार १५:१८

असोज १३, तम्घास (रासस) । गुल्मीमा यातायातका साधनले सरकारले तोकेभन्दा बढी भाडा लिन थालेका छन् ।  कोरोना महामारी र सरकारले भाडा बढाएको बहानामा उनीहरुले यात्रुहरुसँग तोकिएभन्दा बढी भाडा असुल्दै आएका छन् । अहिले ग्रामीण भेगका अधिकांश सडक बिग्रिएका छन् । 

बस, हाइस जस्ता बढी यात्रु बोक्ने सवारी पूर्ववत् ढङ्गले चल्न नसक्दा जीपलगायतका साना गाडीहरुले मनलाग्दी भाडा लिने गरेको यात्रुहरु बताउँछन् । जिल्लाको मुसिकोट नगरपालिकाको वामीबाट सदरमुकाम तम्घाससम्मको भाडा रु ३७० तोकिएको भएपनि जीपले रु ७०० लिएको स्थानीयवासी हिमा रानामगरले बताउनुभयो । धुर्कोट गाउँपालिका­७ वाग्लाकी लक्ष्मी घिमिरे भन्नुहुन्छ, “सवारी साधनले बढी भाडा लिएपनि सवारी साधनमा सरकारले तोकेको सामाजिक दूरी कायम भएको छैन ।” 

यातायात व्यवसायीहरुको छाता सङ्गठन गुल्मी यातायात व्यवसायी सङ्घका कार्यालय प्रमुख डोरबहादुर  कुँवरले यात्रुहरुलाई टिकट काटेर मात्र सवारी प्रयोग गर्न आग्रह गर्नुभयो । “सरकारले ५० प्रतिशतभन्दा बढी भाडा लिन नपाउने गरी नियम बनाएको छ, काउन्टरबाट सोही शुल्कमा टिकट दिन्छौँ ।” 

अत्याधिक वर्षाका कारण जिल्लामा बिग्रिएका सबै सडकको मर्मत नहुँदा कतिपय ठाउँमा जिप पनि जान सकेका छैनन् भने अधिकांश ठाउँमा बस र हाइस चल्न सकेका छैनन् । सवारी साधनले बढी भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरीले अनुगमन शुरु गरेको छ । जनशक्ति कम भएकाले सबै ठाउँमा अनुगमन गर्न समस्या परेको जिल्ला ट्राफिक प्रहरी प्रमुख जगन्नाथ पाण्डेले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला