कमल रावल/साउन १४, अछाम । जिल्ला सदरमुकाम मंगलसेनको सडकमा बिहिबार स्थानिय वासिन्दाहरुले रोपाई गरेका छन । 

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल/साउन १४, अछाम । जिल्ला सदरमुकाम मंगलसेनको सडकमा बिहिबार स्थानिय वासिन्दाहरुले रोपाई गरेका छन । 

<"/>
२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सदरमुकाम मंगलसेनको सडकमा स्थानिय वासिन्दाद्धारा रोपाई

१४ श्रावण २०७३, शुक्रबार ०२:२०

कमल रावल/साउन १४, अछाम । जिल्ला सदरमुकाम मंगलसेनको सडकमा बिहिबार स्थानिय वासिन्दाहरुले रोपाई गरेका छन । 

मध्ये पहाडी लोकमार्ग अन्र्तगत पर्ने मंगलसेन कैलाशखोला सडक खण्डको बैरागी धारा नजिक सडकमा रोपाई गरिएको छ । सडकमा नाली समेत नभएका कारण उक्त सडकमा यात्रा गर्ने पैदल यात्रुहरुलाई कठिनाई हुने गरेको छ । 

अछाम जिल्लाका सडकहरु वर्षयाम सुरु भए संगै हिलाम्मे भएर यातायातका साधनहरु संचालन नहुने भएका कारण विरोध स्वरुप सडकमा रोपाई गरिएको स्थानीयले वताएका छन । अछाम जिल्लामा सडक संजालको विकास भए पनी वर्षायाममा मंगलसेनको जिरो प्वाईन्ट देखि साँफेवगर हुदै डोटी जिल्लाको सिमाना चौखुट्टे सम्म कालोपत्रे भए पनि जिल्लाका अन्य ग्रामिण सडकहरुमा यातायातका साधनहरु संचालनमा अवरोध हुँदै आएको छ । 

लामो समयसम्म सडक हिलाम्मे भए पनि नगरपालिका, जिविस, र सरोकारवालाहरु कसैको पनी ध्यान नगएको हुदा सडकमा रोपाई गरेको रोपाई पछीको कोण सभामा वोल्दै स्थानीय टक्कर वहादुर शाहले वताए । 

उक्त सडकमा गाडीहरु गुडीरहेको अवस्थामा पैदलयात्रीहरु समेत हिलाम्मे हुने गरेको र गाडिलाई समेत आहोर दोहोर हुन कठिन भएको स्थानियले गुनासो गरेका छन । 

सदरमुकामको मुख्य सडकको हालत त यस्तो छ भने अन्य ग्रामिण सडकको दुरदशा कस्तो होला सहजै अनुमान गर्न सकिन्छ । 

विरोध सभामा नागरिक समाज, ब्यापारी, जिल्ला स्थिति सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला