कमल रावल/साउन १४, अछाम । जिल्ला सदरमुकाम मंगलसेनको सडकमा बिहिबार स्थानिय वासिन्दाहरुले रोपाई गरेका छन । 

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल/साउन १४, अछाम । जिल्ला सदरमुकाम मंगलसेनको सडकमा बिहिबार स्थानिय वासिन्दाहरुले रोपाई गरेका छन । 

<"/>
२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सदरमुकाम मंगलसेनको सडकमा स्थानिय वासिन्दाद्धारा रोपाई

२०७३, १४ श्रावण शुक्रबार ०२:२०

कमल रावल/साउन १४, अछाम । जिल्ला सदरमुकाम मंगलसेनको सडकमा बिहिबार स्थानिय वासिन्दाहरुले रोपाई गरेका छन । 

मध्ये पहाडी लोकमार्ग अन्र्तगत पर्ने मंगलसेन कैलाशखोला सडक खण्डको बैरागी धारा नजिक सडकमा रोपाई गरिएको छ । सडकमा नाली समेत नभएका कारण उक्त सडकमा यात्रा गर्ने पैदल यात्रुहरुलाई कठिनाई हुने गरेको छ । 

अछाम जिल्लाका सडकहरु वर्षयाम सुरु भए संगै हिलाम्मे भएर यातायातका साधनहरु संचालन नहुने भएका कारण विरोध स्वरुप सडकमा रोपाई गरिएको स्थानीयले वताएका छन । अछाम जिल्लामा सडक संजालको विकास भए पनी वर्षायाममा मंगलसेनको जिरो प्वाईन्ट देखि साँफेवगर हुदै डोटी जिल्लाको सिमाना चौखुट्टे सम्म कालोपत्रे भए पनि जिल्लाका अन्य ग्रामिण सडकहरुमा यातायातका साधनहरु संचालनमा अवरोध हुँदै आएको छ । 

लामो समयसम्म सडक हिलाम्मे भए पनि नगरपालिका, जिविस, र सरोकारवालाहरु कसैको पनी ध्यान नगएको हुदा सडकमा रोपाई गरेको रोपाई पछीको कोण सभामा वोल्दै स्थानीय टक्कर वहादुर शाहले वताए । 

उक्त सडकमा गाडीहरु गुडीरहेको अवस्थामा पैदलयात्रीहरु समेत हिलाम्मे हुने गरेको र गाडिलाई समेत आहोर दोहोर हुन कठिन भएको स्थानियले गुनासो गरेका छन । 

सदरमुकामको मुख्य सडकको हालत त यस्तो छ भने अन्य ग्रामिण सडकको दुरदशा कस्तो होला सहजै अनुमान गर्न सकिन्छ । 

विरोध सभामा नागरिक समाज, ब्यापारी, जिल्ला स्थिति सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा