२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

वडा कार्यालय आउजाउ गर्न दुई दिन

२०७७, १४ आश्विन बुधबार ०८:३९

असोज १४, सुदूरपश्चिम । कैलालीको मोहन्याल गाउँपालिका– ३ ताम्जा, बारजेना, रागामलेखा र सावावासीले आफ्नै गाउँपालिकाको वडा कार्यालय आउजाउ गर्न दुइ दिन हिंड्नुपर्ने बाध्यता छ। 

सामान्य सरकारी कामकाजका लागि दुई दिन खर्चिनुपर्दा उनीहरूलाई निकै सकस भइरहेको छ । मोहन्याल गाउँपालिका– ३ को कार्यालय फल्ले बिसौनामा छ । त्यहाँ पुग्न ताम्जा, बारजेना, रागामलेखा र सावावासीलाई गाउँबाट दुई दिन पैदल हिडेर जानुपर्छ । 

“भौगोलिक विकटताका कारण सडकलगायत विकासका पूर्वाधार निर्माण हुन नसक्दा वडावासीलाई यस्तो बाध्यता आइपरेको हो”, रामलेखा गाउँका रामबहादुर रावलले भन्नुभयो, “वडाको फल्ले बिसौनामा रहेको वडा कार्यालयसम्म पुगेर सेवा लिन गाउँवासीलाई दुई दिन पैदल हिँड्नुपर्ने बाध्यता छ ।” “गाउँका बासिन्दालाई दैनिक उपभोग्य वस्तु खरिद गर्न पनि कर्णाली नदी पार गरेर सुर्खेतको बिजौरा बजारमाथि निर्भर हुनुपर्ने अर्को बाध्यता पनि छ”, उहाँले भन्नुभयो, “डुङ्गामा जोखिम मोलेर कर्णाली नदी पार गरेर पुगिने बिजौरा गाउँबाट दैनिक उपभोग्य समान ल्याएर जीविका चलाउनुपर्ने बाध्यता छ ।”  

  सुदूरपश्चिम प्रदेशको राजधानी जिल्ला कैलालीलाई प्रदेशका अन्य जिल्लाको तुलनामा सुगम जिल्ला मानिन्छ तर जिल्लाको मोहन्याल गाउँपालिकाको भौगोलिक विकटताका कारण पुग्न नसकेको विकासका पूर्वाधारले त्यहाँका बासिन्दाको जीवनयापन कष्टकर छ । चुरे पहाडी क्षेत्रमा पर्ने यो गाउँपालिकामा सात वडा रहेका छन् ।

गाउँपालिकाका कतिपय वडामा कच्ची सडक पुगेको तर वर्षा लागेसँगै भत्किने गरेका सडक समयमै मर्मतसम्भार नहुँदा आवागमन बन्द हुने गरेको छ । वडा नं ४ का अध्यक्ष टेकेन्द्र बोगटीले स्तरीय बाटो नहुनु गाउँपालिकाको मुख्य समस्या रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अधिकांश वडामा बिजुलीबत्ती छैन, शिक्षा र स्वास्थ्यका पूर्वाधारसमेत पर्याप्त नहुँदा सहज ढङ्गले सेवा पाउन समस्या हुने गरेको छ ।” 

वडा नं ४ का बासिन्दा यज्ञबहादुर कठायतले गाउँवासी स्वास्थ्य चौकीको सहज पहुँचबाट पनि टाढा रहेको बताउनुभयो । स्वास्थ्य चौकी पनि गाउँ नजिक नहुँदा बिरामी हुने मान्छेले सहजरुपमा समयमै उपचार पाउन नसकिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सिकिस्त अवस्थाको बिरामीलाई धनगढीसम्म पुर्याउनुपर्दा बाटोमै दुई दिन लाग्छ, समयमै पुर्याउन नसकिएको अवस्थामा कतिपयको बाटैमा ज्यान जाने गरेको छ ।”

जिल्लाको उत्तरतर्फको चुरेपहाडी क्षेत्रमा पर्ने साविकका पण्डौन, खैराला र मोहन्याल गाउँपालिकालाई समेटेर मोहन्याल गाउँपालिका बनाइएको थियो । स्थानीय तहको निर्वाचनपछि गाउँपालिकाको कार्यालय झण्डै एक वर्षसम्म धनगढीको एक निजी घर भाडामा लिइ सञ्चालन गरिएकामा धनगढीबाट पनि कार्यालय स्थानान्तरण गरेर सुखड बजारमा सञ्चालन गरिएको थियो । पछिल्लो एक वर्षदेखि मोहन्यालकै खिमडी भन्ने ठाउँमा गाउँपालिकाको कार्यालय सञ्चालनमा छ । 

परिवर्तनपछि सरकारी सेवासुविधा गाउँठाउँमै पाइन्छ भनेको सुनिएको भए पनि एक डेढ वर्षसम्म गाउँपालिका कार्यालय र वडा कार्यालय खोज्दैमा समय बितेको दुखेसो स्थानीयवासी प्रेमबहादुर बुढामगको छ । धनगढीमा भेटिनुभएका बुढामगरले भन्नुभयो, “देशमा ठूलै परिवर्तन भएको भनिन्छ तर मोहन्यालस्तरीय सडकले नजोडिँदा त्यहाँका बासिन्दाले परिवर्तनको अनुभूति गर्न सकेका छैनन ।” 

विकटताका कारण, बाटो, विद्युत्, सञ्चारजस्ता आधारभूत सेवासुविधा पुग्न नसकेका कारण गाउँपालिकाको कार्यालय समयमै आफ्नै क्षेत्रमा सञ्चालन गर्नमा ढिलाइ भएको गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलले बताउनुभयो । “गाउँपालिका भौगोलिक विकटता, अभाव, गरिबीले अक्रान्त छ, समयमै कार्यालयमा कर्मचारीको अभाव हुँदा पनि विगतमा चाहेजति काम गर्न सकिएन”, उहाँले भन्नुभयो । गाउँपालिकाका प्रशासकीय अधिकृत जयानन्द जैसीले चालू वर्षको बजेट नीति कार्यक्रममा कृषि, सिँचाइ र सडक निर्माणलाई प्राथमिकता दिइएको बताउनुभयो ।

नयाँ सङ्घीय संरचनाअनुसार कैलालीमा कायम गरिएका १३ वटा स्थानीय तहमध्ये मोहन्याल गाउँपालिका र चुरे गाउँपालिका चुरे पहाडी क्षेत्रका गाउँपालिका हुन् । समुद्र सतहदेखि एक हजार १०० देखि एक हजार ७०० मिटरको उचाइमा रहेको यो गाउँपालिकाको जनसङ्ख्या झण्डै २२ हजार छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै