२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

वडा कार्यालय आउजाउ गर्न दुई दिन

१४ आश्विन २०७७, बुधबार ०८:३९

असोज १४, सुदूरपश्चिम । कैलालीको मोहन्याल गाउँपालिका– ३ ताम्जा, बारजेना, रागामलेखा र सावावासीले आफ्नै गाउँपालिकाको वडा कार्यालय आउजाउ गर्न दुइ दिन हिंड्नुपर्ने बाध्यता छ। 

सामान्य सरकारी कामकाजका लागि दुई दिन खर्चिनुपर्दा उनीहरूलाई निकै सकस भइरहेको छ । मोहन्याल गाउँपालिका– ३ को कार्यालय फल्ले बिसौनामा छ । त्यहाँ पुग्न ताम्जा, बारजेना, रागामलेखा र सावावासीलाई गाउँबाट दुई दिन पैदल हिडेर जानुपर्छ । 

“भौगोलिक विकटताका कारण सडकलगायत विकासका पूर्वाधार निर्माण हुन नसक्दा वडावासीलाई यस्तो बाध्यता आइपरेको हो”, रामलेखा गाउँका रामबहादुर रावलले भन्नुभयो, “वडाको फल्ले बिसौनामा रहेको वडा कार्यालयसम्म पुगेर सेवा लिन गाउँवासीलाई दुई दिन पैदल हिँड्नुपर्ने बाध्यता छ ।” “गाउँका बासिन्दालाई दैनिक उपभोग्य वस्तु खरिद गर्न पनि कर्णाली नदी पार गरेर सुर्खेतको बिजौरा बजारमाथि निर्भर हुनुपर्ने अर्को बाध्यता पनि छ”, उहाँले भन्नुभयो, “डुङ्गामा जोखिम मोलेर कर्णाली नदी पार गरेर पुगिने बिजौरा गाउँबाट दैनिक उपभोग्य समान ल्याएर जीविका चलाउनुपर्ने बाध्यता छ ।”  

  सुदूरपश्चिम प्रदेशको राजधानी जिल्ला कैलालीलाई प्रदेशका अन्य जिल्लाको तुलनामा सुगम जिल्ला मानिन्छ तर जिल्लाको मोहन्याल गाउँपालिकाको भौगोलिक विकटताका कारण पुग्न नसकेको विकासका पूर्वाधारले त्यहाँका बासिन्दाको जीवनयापन कष्टकर छ । चुरे पहाडी क्षेत्रमा पर्ने यो गाउँपालिकामा सात वडा रहेका छन् ।

गाउँपालिकाका कतिपय वडामा कच्ची सडक पुगेको तर वर्षा लागेसँगै भत्किने गरेका सडक समयमै मर्मतसम्भार नहुँदा आवागमन बन्द हुने गरेको छ । वडा नं ४ का अध्यक्ष टेकेन्द्र बोगटीले स्तरीय बाटो नहुनु गाउँपालिकाको मुख्य समस्या रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अधिकांश वडामा बिजुलीबत्ती छैन, शिक्षा र स्वास्थ्यका पूर्वाधारसमेत पर्याप्त नहुँदा सहज ढङ्गले सेवा पाउन समस्या हुने गरेको छ ।” 

वडा नं ४ का बासिन्दा यज्ञबहादुर कठायतले गाउँवासी स्वास्थ्य चौकीको सहज पहुँचबाट पनि टाढा रहेको बताउनुभयो । स्वास्थ्य चौकी पनि गाउँ नजिक नहुँदा बिरामी हुने मान्छेले सहजरुपमा समयमै उपचार पाउन नसकिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सिकिस्त अवस्थाको बिरामीलाई धनगढीसम्म पुर्याउनुपर्दा बाटोमै दुई दिन लाग्छ, समयमै पुर्याउन नसकिएको अवस्थामा कतिपयको बाटैमा ज्यान जाने गरेको छ ।”

जिल्लाको उत्तरतर्फको चुरेपहाडी क्षेत्रमा पर्ने साविकका पण्डौन, खैराला र मोहन्याल गाउँपालिकालाई समेटेर मोहन्याल गाउँपालिका बनाइएको थियो । स्थानीय तहको निर्वाचनपछि गाउँपालिकाको कार्यालय झण्डै एक वर्षसम्म धनगढीको एक निजी घर भाडामा लिइ सञ्चालन गरिएकामा धनगढीबाट पनि कार्यालय स्थानान्तरण गरेर सुखड बजारमा सञ्चालन गरिएको थियो । पछिल्लो एक वर्षदेखि मोहन्यालकै खिमडी भन्ने ठाउँमा गाउँपालिकाको कार्यालय सञ्चालनमा छ । 

परिवर्तनपछि सरकारी सेवासुविधा गाउँठाउँमै पाइन्छ भनेको सुनिएको भए पनि एक डेढ वर्षसम्म गाउँपालिका कार्यालय र वडा कार्यालय खोज्दैमा समय बितेको दुखेसो स्थानीयवासी प्रेमबहादुर बुढामगको छ । धनगढीमा भेटिनुभएका बुढामगरले भन्नुभयो, “देशमा ठूलै परिवर्तन भएको भनिन्छ तर मोहन्यालस्तरीय सडकले नजोडिँदा त्यहाँका बासिन्दाले परिवर्तनको अनुभूति गर्न सकेका छैनन ।” 

विकटताका कारण, बाटो, विद्युत्, सञ्चारजस्ता आधारभूत सेवासुविधा पुग्न नसकेका कारण गाउँपालिकाको कार्यालय समयमै आफ्नै क्षेत्रमा सञ्चालन गर्नमा ढिलाइ भएको गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलले बताउनुभयो । “गाउँपालिका भौगोलिक विकटता, अभाव, गरिबीले अक्रान्त छ, समयमै कार्यालयमा कर्मचारीको अभाव हुँदा पनि विगतमा चाहेजति काम गर्न सकिएन”, उहाँले भन्नुभयो । गाउँपालिकाका प्रशासकीय अधिकृत जयानन्द जैसीले चालू वर्षको बजेट नीति कार्यक्रममा कृषि, सिँचाइ र सडक निर्माणलाई प्राथमिकता दिइएको बताउनुभयो ।

नयाँ सङ्घीय संरचनाअनुसार कैलालीमा कायम गरिएका १३ वटा स्थानीय तहमध्ये मोहन्याल गाउँपालिका र चुरे गाउँपालिका चुरे पहाडी क्षेत्रका गाउँपालिका हुन् । समुद्र सतहदेखि एक हजार १०० देखि एक हजार ७०० मिटरको उचाइमा रहेको यो गाउँपालिकाको जनसङ्ख्या झण्डै २२ हजार छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य