२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

भजनी नपाका सेवा बन्द

२०७७, १५ आश्विन बिहीबार १३:४७

असोज १५, कैलाली | कैलाली जिल्लाको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत १५ स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि नगरपालिका तथा वडा कार्यालयबाट हुने अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको छ । 

नगरपालिकाका कार्यवाहक प्रमुख छाया देवकोटाले  सूचना जारी गर्दै स्वास्थ्य केन्द्रमा सेवारत अधिकांश स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हुँदा समुदायस्तरसम्म फैलिन नदिन नगरपालिका र नौ वटै वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सबै सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको बताउनुभयो । उहाँले सरकारले जोखिम न्यूनीकरणका लागि जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी आफ्ना दैनिक क्रियाकलाप सञ्चालन गर्न  नगरवासीमा अनुरोध गर्नुभयो । 

भजनी प्राथमिक स्वास्थ्य केन्द्रले पनि सूचना जारी गर्दै प्रसूति बाहेकका अन्य सबै सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै