२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

रिघाका घरघरमा खानेपानी

२०७७, १६ आश्विन शुक्रबार ०२:५४

असोज १६, गलकोट (रासस) : लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका गलकोट नगरपालिका वडा नम्बर ११ रिघाका स्थानीय बासिन्दा वर्षौको सकस र सास्तीबाट मुक्त भएका छन् । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखराबाट ‘एक घर, एक धारा’को आयोजना परेपछि घरघरमा धारा निर्माण गरिएको छ ।  गत आर्थिक वर्ष २०७५/७६ बाट सञ्चालित सो आयोजना दुई वर्षमा सक्ने गरी अघि बढाइएको थियो । तीव्ररुपमा काम अघि बढाएको समयमा विश्वव्यापीरुपमा कोरानो भाइरसको महामारीले गर्दा केही काम सम्पन्न गर्न बाँकी छ । 

कूल रु.३ करोडको लागतमा निर्माण सम्पन्न हुन लागेको आयोजनामा हालसम्म झण्डै रु.१ करोड रकम भुक्तानी भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय पोखराले जनाएको छ । पाँच हजारदेखि २५ हजार घन लिटरसम्मका ११ वटा रिजर्भ ट्याङ्कीमा  कूल १ लाख १५ हजार घनलिटर पानी अट्ने क्षमता छ ।

गाउँमा सञ्चालित झारसाँधी–मजुवा–अर्ले–मनेवापाटा खानेपानी आयोजनाबाट रिघाका १६० घरधुरी लाभान्वित भएका हुन् ।  साबिक रिघा गाविसको वडा नम्बर ३, ६, ७ र ८ का स्थानीयवासी एवम् एउटा विद्यालयका लागिसमेत गरी विभिन्न क्षेत्रमा ११ वटा ट्याङकी निर्माणाधिन अवस्थामा छन् । हालसम्म चार वटा ट्याङ्कीबाट खानेपानी वितरण गरिसकिएको छ भने ७ वटा ट्याङ्कीको काम बाँकी रहेको उपभोक्ता समितिले जनाएको छ ।

यहाँ पहिले एउटै टोलका दशदेखि ३० वटा घरधुरीले एउटै धारामा पानी खादै आएकोमा अहिले एक घर, एक धारा निर्माण गरी घर घरमै खानेपानी पु¥याइएको छ । सुख्यायामका बेलामा खानेपानीको मुल सुक्दा सार्वजनिक धारामा एक गाग्री पानी भर्न सास्ती हुने गरेको तर अहिले खानेपानीको व्यवस्थापन भएपछी घरमै पानी भर्न पाउँदा गलकोट नगरपालिका–११ रिघा मजुवाकी भिमा घर्तीले खुसी व्यक्त गर्नुभयो ।

अहिले खानेपानी वितरण प्रणालीलाई व्यवस्थित गरेपछि सुख्यायाममा स्रोत सुक्दा खानेपानीको जोहो गर्न मुस्किल हुँदै आएकोमा अब यो समस्याको समाधान भएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय पोखराको ७० प्रतिशत र स्थानीयको ३० प्रतिशत जनश्रमदानमा निर्माण गर्न लागिएको आयोजनाको पाइप लाइन विस्तार, ट्याङ्की निर्माण र धारा जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । मजुवाका स्थानीयवासी तथा उपभोक्ता समितिका सदस्य दिलबहादुर थापाले खानेपानीको समस्याबाट सदाका लागि मुक्त भएको बताउनुभयो । 

विश्वभर फैलिएको कोरोना भाइरस महामारीले गर्दा तोकिएको समयभित्र खानेपानी निर्माण कार्य सम्पन्न गर्न नसकेपनि अहिले निर्माण सम्पन्नको अवस्थामा पुगेको झारसाँधी–मजुवा–अर्ले–मनेवापाटा खानेपानी उपभोक्ता समितिका अध्यक्ष बाबुराम नेपालीले बताउनुभयो । लामो समयसम्म एक गाग्री खानेपानीका लागि घण्टौ कुर्नुपर्ने समस्या भोगेका स्थानीयवासी भने घरघरमा जडान गरिएका धाराबाट पानी आउन थालेपछि हर्षित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह