२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बाढी प्रभावितका लागि डेढ करोड जुट्यो राहत

१७ आश्विन २०७७, शनिबार ०६:२५

असोज १७, धरान (रासस) । ढोरपाटनका बाढी प्रभावितको राहतका लागि खडा गरिएको कोषमा हालसम्म रु एक करोड ६५ लाख सहयोग जुटेको छ । राहत वितरणमा एकद्वार प्रणाली कायम गर्न ढोरपाटन नगरपालिकाले कोष स्थापना गरेको थियो । 

कोषको रकम बाढीले उठिबास भएका परिवारको घर पुनःनिर्माणमा खर्च गर्ने नगरपालिकाको योजना छ । सहयोग आउने क्रम जारी नै रहेको नगरप्रमुख देवकुमार नेपालीले बताउनुभयो ।

“राहत कोषमा जम्मा भएको रकमले दाताकै नाममा घर बनाइदिन्छौँ”, उहाँले भन्नुभयो, “सङ्घ र प्रदेश सरकारबाट पनि सहयोगको प्रतिबद्धता आएको छ, अपुग भएमा नगरपालिकाले बजेट थप्छ ।” 

उहाँका अनुसार अहिलेसम्म सबैभन्दा बढी गलकोट समाज जापानमार्फत रु. २७ लाख ८० हजार सहयोग प्राप्त भएको छ । यस्तै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले पनि रु. १९ लाखबढी राहत रकम प्रदान गरेको थियो । 

बिहीबार मात्र प्रभु बैङ्कले रु. पाँच लाख सहयोग गरेको नगरपालिकाले जनाएको छ । बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नगरप्रमुख नेपालीलाई पाँच लाखको चेक हस्तान्तरण गर्नुभएको थियो ।

बाढी प्रभावित परिवारको पुनःस्थापनाका लागि देश–विदेशमा राहत अभियान चलाइएको छ । कतिपय व्यक्ति, संस्थाले नगरपालिकाको कोषमा जम्मा नगरी बाढीग्रस्त ठाउँमै पुगेर राहत बाँडिरहेका छन् । 

गत भदौ १७ गते भूजीखोलामा आएको बाढीमा परी २२ जनाको ज्यान गएको छ भने १५ अझै बेपत्ता छन् भने ढोरपाटन नगरपालिका–९, ८ र ७ का सयौँ परिवार घरबासविहीन बनेका छन् । सडक, पुल, खानेपानी, सिँचाइ, लघुजलविद्युत्, विद्यालय, सामुदायिक स्वास्थ्य एकाइलगायत कैयौँ भौतिक संरचना क्षतिग्रस्त बनेका छन् । 

यसअघि गृहमन्त्री रामबहादुर थापा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, भौतिक योजना विकास मन्त्री रामशरण बस्नेतलगायतले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी क्षतिग्रस्त संरचनाको पुनःनिर्माणसँगै प्रभावित परिवारको दीर्घकालीन व्यवस्थापन गरिने प्रतिबद्धता जनाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य