२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

इँटाभट्टामा मान्छे जलाएको घटनाका फरार अभियुक्त सहनी पक्राउ

२०७७, १७ आश्विन शनिबार १६:१७

असोज १७, रौतहट,  (रासस) ।  रौतहटको राजपुर नगरपालिका–४ स्थित इँटाभट्टामा मान्छे जलाएको घटनाका फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बाराको सिम्रोनगढ नगरपालिका–४ का ५५ वर्षीय बर्दी सहनी रहेका छन् । प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको टोलीले भारतको सीमावर्ती रौतहटको बौधीमाई नगरपालिका–७ बंकुलबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धी बिक्रम शाहले जानकारी दिनुभयो । 

भारतबाट नेपाल प्रवेश गरेको भन्ने विशेष सूचनाको आधारमा सहनीलाई पक्राउ गरिएको बताइएको छ । प्रारम्भिक अनुसन्धानमा घटना हुँदाको अवस्थामा सहनी इँटाभट्टाको हेड मिस्त्री रहेको खुलेको बताइएको छ ।

२०६४ साल चैत २८ को संविधानसभा निर्वाचनको अघिल्लो दिन चैत २७ मा चुनावमा बुथ कब्जा गर्ने उद्देश्यले आफैले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएकाहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोपमा पक्राउ परेका पूर्वमन्त्री अफताव आलम हाल जेलमा छन् । आलमको आदेशमा उहाँकै इँटाभट्टामा जिउँदै जलाएर मारिएको अभियोगमा फरार रहेका सहनी पक्राउ परेको प्रहरी उपरीक्षक शाहले जानकारी दिनुभयो । 

सोही घटनामा मारिएको भनिएका युवकको बाबु श्रीनारायण सिंह राजपुतको जाहेरीमा सहनी पनि अभियुक्त किटान गरिएको थियो । पक्राउ परेका सहनीले आलमको निर्देशनमा आफूले मृत्यु भएका २/३ जना र घाइते भएका १६ जनालाई ट्याक्टरमा लिएर इँटा भट्टाको मुग्रोमा हालेको स्वीकार गरेको बयान दिएका प्रदेश नं २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले जानकारी दिनुभयो । 

बम विस्फोट हुँदा श्रीनारायण सिंहका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंहसहित १५/१६ जना घाइते र २/३ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह