२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जिल्ला प्रशासन कार्यालय सिरहा एक साताका लागि बन्द

१८ आश्विन २०७७, आईतवार ०४:५९

असोज १८, लहान । कार्यालयका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले शान्ति सुरक्षा र मुद्दासम्बन्धीबाहेक सम्पूर्ण सेवा आजदेखि एक साताका लागि बन्द गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले सूचना प्रकाशित गरी कार्यालयमा कार्यरत कर्मचारीमध्ये हालसम्म आठ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको हुँदा जोखिम न्यूनीकरण गर्ने उद्देश्यले शान्ति सुरक्षा र मुद्दासम्बन्धीबाहेक सम्पूर्ण सेवा आजदेखि एक साताका लागि बन्द गरिएको जानकारी दिनुभएको छ ।

गत असोज १३ गते प्रशासन फाँटमा कार्यरत कर्मचारीमा सङ्क्रमण देखिएको र तीन प्रशासकीय अधिकृतको दरबन्दी रहेकामा एक जनामा सङ्क्रमण लक्षण र अन्य दुईसहित आठ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको हुँदा जोखिम न्यूनीकरण गर्न आजदेखि असोज २४ गतेसम्मलाई अतिअवाश्यकबाहेकका सेवा बन्द रहने प्रजिअ कँणेलले बताउनुभयो । अतिआवश्यक नपरी सेवा लिन नजान, जानै परेमा दुई मिटरको दूरी कायम गरी, मास्क लगाएर, साबुनपानीले हात धोइ वा स्यानिटाइजार प्रयोग गरी आफू सुरक्षित हुने गरी अतिआवश्यक सेवा लिन प्रजिअ कँणेलले सबैसँग आग्रह गर्नुभयो ।

वडाध्यक्षविरुद्ध मुद्दा

सिरहाको अर्नमा गाउँपालिका वडा नं १ का वडाध्यक्ष गफार मियाँविरुद्ध प्रहरीमा जबर्जस्ती करणी मुद्दा दर्ता भएको छ । मुद्दा दर्ता भएलगत्तै वडाध्यक्ष मियाँ फरार भएको प्रहरीले जनाएको छ । आफूलाई वडाध्यक्ष मियाँले जबर्जस्ती करणी गरेको भन्दै स्थानीय एक महिलाले वडाध्यक्षविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम पौडेलले जानकारी दिनुभयो । वडाध्यक्ष मियाँविरुद्ध मुद्दा दर्ता भएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो । यसबारे वडाध्यक्ष मियाँसँग बुझ्न खोज्दा उहाँसँग सम्पर्क हुन सकेन । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान