२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख पाण्डेलाई कोरोना सङ्क्रमण

२०७७, २२ आश्विन बिहीबार १५:२८

असोज २२, तुलसीपुर (रासस) । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा उहाँलाई सङ्क्रमण पुष्टि भएको उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिनुभयो ।  उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ । 

तुलसीपुरमा आज मात्रै २१ जनामा सङ्क्रमित थपिएको  फोकल पर्सन केसीले बताउनुभयो ।  यसैबीच नगरप्रमुख पाण्डेसहित कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि उपमहानगरपालिका सहित सवै वडा कार्यालय एकसाताका लागि बन्द हुने भएका छन् ।

कार्यवाहक नगरप्रमुख माया शर्माको अध्यक्षतामा आज बसेको आपत्कालीन बैठकले यही असोज २९ गतेसम्मका लागि उपमहानगरपालिकाले प्रदान गदै आएका अत्यन्त आवश्यक सेवा बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । त्यस्तै कर्मचारीमा कोरोना पुष्टि भएपछि भूमि सुधार तथा  मालपोत कार्यालय पनि बन्द गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा