२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख पाण्डेलाई कोरोना सङ्क्रमण

२२ आश्विन २०७७, बिहीबार १५:२८

असोज २२, तुलसीपुर (रासस) । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा उहाँलाई सङ्क्रमण पुष्टि भएको उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिनुभयो ।  उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ । 

तुलसीपुरमा आज मात्रै २१ जनामा सङ्क्रमित थपिएको  फोकल पर्सन केसीले बताउनुभयो ।  यसैबीच नगरप्रमुख पाण्डेसहित कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि उपमहानगरपालिका सहित सवै वडा कार्यालय एकसाताका लागि बन्द हुने भएका छन् ।

कार्यवाहक नगरप्रमुख माया शर्माको अध्यक्षतामा आज बसेको आपत्कालीन बैठकले यही असोज २९ गतेसम्मका लागि उपमहानगरपालिकाले प्रदान गदै आएका अत्यन्त आवश्यक सेवा बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । त्यस्तै कर्मचारीमा कोरोना पुष्टि भएपछि भूमि सुधार तथा  मालपोत कार्यालय पनि बन्द गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला