४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

कर्मचारी र जनप्रनिधिलाई कोरोना भएपछि चाँगुनारायण नगरपालिका बन्द

२५ आश्विन २०७७, आईतवार १४:२७

असोज २५, भक्तपुर । कर्मचारीलाई कोरोना भाइरस सङ्क्रमण भएपछि चाँगुनारायण नगरपालिका कार्यालय आजदेखि बन्द गरिएको छ ।  नगरपालिका कार्यालयमा कार्यरत केही कर्मचारी र जनप्रनिधीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि सबै कर्मचारीको कन्ट्याक ट्रेसिङ गरी आइसोलेसनमा बस्नुपरेकाले केही दिनका लागि नगरपालिका बन्द गरिएको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुभयो । 

कार्यालयबाट प्रदान गरिने सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको बताउदै उहाँले सङ्क्रमितको नजिक सम्पर्कमा रहेका र लक्षण देखिएका सबैले पीसीआर परीक्षण गराएर सतर्कता अपनाउन सबैमा आग्रह गर्नुभयो । सङ्क्रमित कर्मचारीको सम्र्पकमा रहेका सबैको आज बिहानदेखि नै कन्ट्याक ट्रेसिङ्ग शुरु गरिएको उहाँले जानकारी दिनुभयो । 

आज नगर कार्यपालिकाले एक सूचना जारी गरेर सङ्क्रमितसँग नजिक रहेकाको स्वाब परीक्षण शुरु भएकाले अर्को सूचना जारी नभएसम्मका लागि कार्यालय बन्द गरिएको जानकारी दिएको हो । नगरप्रमुख मिश्रका अनुसार नगरपालिकामा हालसम्म दुई जनप्रतिनिधि, दुई अधिकृत, दुई स्वास्थ्यकर्मीसहित यहाँका ३२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो नपामा कोरोनाका कारणले अहिलेसम्म एक जनाको मृत्यु भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ