२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

कर्मचारी र जनप्रनिधिलाई कोरोना भएपछि चाँगुनारायण नगरपालिका बन्द

२०७७, २५ आश्विन आईतवार १४:२७

असोज २५, भक्तपुर । कर्मचारीलाई कोरोना भाइरस सङ्क्रमण भएपछि चाँगुनारायण नगरपालिका कार्यालय आजदेखि बन्द गरिएको छ ।  नगरपालिका कार्यालयमा कार्यरत केही कर्मचारी र जनप्रनिधीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि सबै कर्मचारीको कन्ट्याक ट्रेसिङ गरी आइसोलेसनमा बस्नुपरेकाले केही दिनका लागि नगरपालिका बन्द गरिएको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुभयो । 

कार्यालयबाट प्रदान गरिने सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको बताउदै उहाँले सङ्क्रमितको नजिक सम्पर्कमा रहेका र लक्षण देखिएका सबैले पीसीआर परीक्षण गराएर सतर्कता अपनाउन सबैमा आग्रह गर्नुभयो । सङ्क्रमित कर्मचारीको सम्र्पकमा रहेका सबैको आज बिहानदेखि नै कन्ट्याक ट्रेसिङ्ग शुरु गरिएको उहाँले जानकारी दिनुभयो । 

आज नगर कार्यपालिकाले एक सूचना जारी गरेर सङ्क्रमितसँग नजिक रहेकाको स्वाब परीक्षण शुरु भएकाले अर्को सूचना जारी नभएसम्मका लागि कार्यालय बन्द गरिएको जानकारी दिएको हो । नगरप्रमुख मिश्रका अनुसार नगरपालिकामा हालसम्म दुई जनप्रतिनिधि, दुई अधिकृत, दुई स्वास्थ्यकर्मीसहित यहाँका ३२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो नपामा कोरोनाका कारणले अहिलेसम्म एक जनाको मृत्यु भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै