२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा फेरि बढ्दै कोरोना सङ्क्रमण

२६ आश्विन २०७७, सोमबार ०८:४३

असोज २६, बागलुङ (रासस) । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ५२५ पुगेको छ । केही समय नियन्त्रण उन्मुख देखिए पनि अहिले फेरि सङ्क्रमण दर बढ्दो छ । पछिल्ला दश दिनमा मात्र १२१ जना सङ्क्रमित थपिएका हुन् । 

शनिबार नेपाली सेना, प्रहरी, अदालतका कर्मचारी, थुनुवालगायत गरी ४७ जनामा कोरोना पुष्टि भएको थियो । स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले ‘क्लस्टर’मा सङ्क्रमण देखिएकाले आत्तिहाल्नुपर्ने स्थिति नरहेको बताउनुभयो ।

“सेनाको ब्यारेकलगायत खासखास ठाउँ र ट्राभल हिस्ट्री भएका व्यक्तिमा सङ्क्रमण बढी छ”, उहाँले भन्नुभयो, “क्लस्टरबाट समुदायमा फैलन नदिन विशेष सावधानी अपनाउनुपर्छ ।” यात्रा विवरण नभएका सङ्क्रमित फाटफुट्ट देखिए पनि ठूलो जनसङ्ख्यामा कोरोना नपुगेको उहाँको भनाइ छ ।

समुदायमा कोरोनाको फैलावट रोक्न सबैले जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्ने प्रमुख गुरौले बताउनुभयो । स्वास्थ्य कार्यालयका अनुसार हालसम्म कोरोना लागेर निको हुनेको सङ्ख्या ३६७ छ भने आइसोलेसनमा १५७ सङ्क्रमित छन् । 

कोरोनाका कारण जिल्लामा एक जनाको मृत्यु भएको छ । क्वारेन्टिनमा रहेकाको सङ्ख्या ८५ छ । हालसम्म आठ हजार ७२२ जनाको पिसिआर जाँच गरिएको छ । सङ्क्रमित हुनेमा पुरुष ८६ र महिला १४ प्रतिशत छन् ।

सबैभन्दा बढी बागलुङ नगरपालिकामा १६८ र सबैभन्दा कम ताराखोला तथा निसिखोला गाउँपालिकाका १७÷१७ जनामा सङ्क्रमण देखिएको छ । कोरोना सङ्क्रमणपछि निको भएको दर ७० प्रतिशत छ भने मृत्युदर ०.०२ प्रतिशत छ ।

यस्तै पिसिआर जाँच मध्येमा ६.०२ प्रतिशत सङ्क्रमण दर छ । जिल्लामा पहिलोपटक गत चैत १५ मा कोरोना देखिएको थियो जुन नेपालकै पाँचौ सङ्क्रमणको घटना थियो । सङ्क्रमित बढेसँगै पहिले रहेका आइसोलेसन कक्षमा श्यया थप गर्न थालिएको छ । स्थानीय तहले पनि १०÷१० श्ययाको आइसोलेसन केन्द्र बनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य