२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा जनप्रतिनिधि र सञ्चारकर्मीमा कोरोना सङ्क्रमण

२०७७, २७ आश्विन मंगलवार ०२:२७

 असोज २७, महोत्तरी (रासस) : पछिल्ला केही दिनयता महोत्तरीमा जनप्रतिनिधि र सञ्चारकर्मी कोरोना (कोभिड–१९) सङ्क्रमणमा पर्ने क्रम बढेको छ । 

सोमबार अबेर राति जिल्लाको भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहमा  कोरोना सङ्क्रमण पुष्टि भएको हो । नगरप्रमुख साह आफैँले आफ्नो पिसीआर जाँचको नतिजा पोजेटिभ आएको सार्वजनिक गर्नुभएको छ । 

“पछिल्ला चार दिनयता ज्वरो आउने र जिउ, हात कटकटी दुख्दै आएको थियो”, प्रमुख साहले भन्नुभयो, “सोमबार जनकपुरमा स्वाब परीक्षणका लागि दिएँ, पोजेटिभ नतिजा आयो ।

” अब बाह्य सम्पर्क सबै बन्द गरेर घरमै उच्च सतर्कतासाथ आइसोलेसनमा बसेको साहको भनाइ छ । भङ्गाहा–४ का वडाध्यक्ष अशोककुमार महतो पनि सङ्क्रमित हुनुभएको थियो । अहिले महतो सङ्क्रमणमुक्त भइसक्नुभएको छ । 

यसैबीच महोत्तरीका सञ्चारकर्मी एकपछि अर्को सङ्क्रमणको चपेटामा परेका छन् । अहिले राससकर्मी गोपालप्रसाद बराल र कान्तिपुरकर्मी सुनिता बराल पिसीआर परीक्षणबाट कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेसनमा हुनुहुन्छ । गोपालको गत बिहीबार र सुनिताको गत शनिबार सङ्क्रमण पुष्टि भएको हो ।

यसअघि अन्नपूर्णकर्मी राजकरण महतो र न्यूज–२४ का ललनकुमार मण्डलमा कोभिड–१९ पुष्टि भएको थियो । यद्यपि महतो र मण्डल दुवै सङ्क्रमणमुक्त भइसक्नुभएको छ ।

महतोमा असोज १० गते र मण्डलमा गत भदौमै स्वाब परीक्षणबाट सङ्क्रमण पुष्टि भएको थियो । जनप्रतिनिधि र सञ्चारकर्मी आफैँले सङ्क्रमण पुष्टिबारे  सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा