२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सुकुम्वासीलाई जग्गा उपलब्ध गराइदिने भन्दै रकम उठाएको अभियोगमा पोखराबाट आठ जना पक्राउ

२७ आश्विन २०७७, मंगलवार ०२:४२

असोज २७, कास्की (रासस) । आफूहरु सुकुम्वासी समस्या समाधान आयोगको गण्डकी प्रदेश पदाधिकारी रहेको र जग्गा उपलब्ध गराइदिने झुटा व्यहोरा देखाइ ठगी गरेको अभियोगमा प्रहरीले पोखराबाट आठ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा माछापुुच्छ«े गाउँपालिका–९ सिदिङ घर भई हाल पोखरा–५ बस्ने ३९ वर्षीय हीराबहादुुर तामाङ, म्याग्दीको रघुगङ्गा–४ घर भएका ३० वर्षीय रमेशकुमार परियार, रुपन्देही सैनामैना–४ घर भई हाल पोखरा बस्ने ३५ वर्षीय ओमबहादुर सुनार, सिन्धुपाल्चोक घर भएकी ३७ वर्षीया रीता विश्वकर्मा र पोखरा–१७ का २२ वर्षीय सोनु परियार रहेका छन् ।

त्यसैगरी पोखरा–१३ का ३७ वर्षीया सीता सुनार, सोही ठाउँका ५० वर्षीय हर्र्कबहादुर विक र २४ वर्षीय मौसम सदाशङ्करलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

उनीहरुले असोज २५ गते साँझ पोखरा महानगरपालिका–१४ भोटेचौैतारा सुकुम्वासी बस्तीमा मानिस भेला गरी सोही ठाउँको ३०० रोपनी क्षेत्रफल जमिनमा घर जग्गा उपलब्ध गराइदिने विश्वास दिलाएको र तत्कालै फिल्डमा उक्त जमिनमा अमिन लगेर नापजाँच गर्ने भनी रकम उठाएको सूचना प्राप्त भएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जीवनकुुमार श्रेष्ठले बताउनुभयो ।

पक्राउ परेकाहरुको साथबाट नगद रु एक लाख ६१ हजारसहित नगदी रसिद प्याडहरु, प्याडको अर्धकट्टी, विभिन्न व्यक्तिहरुको नागरिकताको फोटोकपी १९ थान, पासपोर्ट साइजको फोटो, विभिन्न मितिमा बैठक बसी गरिएका निर्णय रजिष्टर एक थान, नगद उठाएको रजिष्टर एक थान तथा सुकुम्वासी समस्या समाधान आयोग गण्डकी गठन भएको पत्र एक थान बरामद गरिएको बताइन्छ । 

उनीहरुलाई मुलुकी अपराधसंहिताअनुसार ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सर्टसन) सम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो