२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

चाडपर्वलाई लक्षित गरी जिल्लाको सुरक्षामा थप कडाई

२०७७, २८ आश्विन बुधबार ०६:४२

असोज २८, कैलाली । दशैं, तिहार तथा छठ पर्व नजिकिएसँगै जिल्लाभर हुने विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कैलालीले सक्रियता बढाएको छ ।

विशेष सुरक्षा योजना अन्तर्गत जिल्लाभर ७४० जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिनुभयो । 

उहाँले चाडपर्वका बेला जिल्लामा हुन सक्ने चोरी, डकैती, जुवातास, लुटपाट, कालोबजारी, सार्वजनिक यातायातका टिकटमा ठगी र सवारी कसुरलगायत अपराध नियन्त्रणका लागि आवश्यक जनशक्ति तैनाथ गरिएको बताउनुभयो । यसका लागि विभिन्न स्थानमा चेकजाँचमा कडाइ गरिनुका साथै साइकल, मोटरसाइकलमा प्रहरीको गस्ती तथा सादा पोशाकमा प्रहरी परिचालन गरिएको नायब उपरीक्षक विष्टले बताउनुभयो । 

उहाँले भन्नुभयो, “कुनै पनि हिँसाजन्य गतिविधि घटेमा तुरुन्त रेस्पोन्स हुने गरी प्रहरी खटनपटन गरिने गरी व्यवस्था मिलाइएको छ ।”सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गणबाट नगरभित्रको सुरक्षाका लागि थप ५० जना प्रहरी पनि परिचालित गरिएको छ ।

सीमा नाकामा हुने चोरी निकासी, आवागमनमा हुने सास्ती, लागुऔषध तथा पटाकाजन्य पदार्थ ओसारपसार, जुवातास, बैँक तथा वित्तीय सङ्घ संस्थालगायत भीडभाड हुने क्षेत्रको सुरक्षाका लागि छट्टाछुट्टै टोली खटाई निगरानी बढाइएको छ । 

त्रिनगर भन्सार सीमा नाकामा तालीम प्राप्त कुकुरसहित चेकजाँच थालिएको छ । यस्तै यात्रुको सहजीकरणका लागि त्रिनगर भन्सार, धनगढी बसपार्क, अत्तरिया बसपार्क, लम्की बसपार्क, टीकापुर बसपार्क, र चिसापानी गरी जिल्लाका छ स्थानमा ट्राफिक प्रहरीसहितको यात्रु सहायता कक्ष पनि स्थापना गरिएको प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो ।

चाडपर्वका समयमा विभिन्न हिँसाजन्य क्रियाकलापका कुनै पनि घटना घटेमा नजिकैको प्रहरी बिटमा खबर गरिदिन हुनसमेत उहाँले सर्वसाधारणलाई आग्रह गर्नुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै