२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुर अस्पतालमा पहिलोपटक भित्रियो दूरबिन प्रविधि, शल्यक्रिया सफल

२०७७, २९ आश्विन बिहीबार ०५:१४

असोज २९, भक्तपुर । देशकै दोस्रो जेठो अस्पतालका रूपमा रहेको भक्तपुर अस्पतालमा बल्ल दूरबिन अर्थात् ल्याप्रोस्कोपी प्रविधि भित्रिएपछि सहजरूपमा शल्यक्रिया सेवा शुरु भएको छ । वीर अस्पतालपछि स्थापना भएको यस अस्पतालमा पहिलोपटक बुधबार स्थानीय एक पुरुषको दूरबिन प्रविधिबाट पित्तथैलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको अस्पतालका सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिनुभयो । राणा प्रधानमन्त्री चन्द्रशम्शेरले विसं १९६१ असार १७ गते १५ शैय्याको ‘चन्द्रलोक डिस्पेन्सरी’ को नाममा स्थापना भएको यस अस्पतालले पहिलोपटक दूरबिन प्रविधि भित्र्याएर शल्यक्रिया शुरु गरेको हो ।

डा गौतमले भन्नुभयो, “वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले सामाजिक विकास मन्त्रालयको अस्पताल गुणस्तर सुधार कार्यक्रमअन्तर्गत रु एक करोड ३५ लाखको बजेट व्यवस्थापन गरिदिनुभयो, त्यसैले आवश्यक सामग्रीको व्यवस्थापन भएसँगै दूरबिन प्रविधिबाट शल्यक्रिया शुरु गरेका छौँ, अब सहज र सुलभरूपमा शल्यक्रिया सेवा दिन सक्छौँ ।”

कोभिड–१९ को महामारीको बीचमा पनि नियमित सबै सेवा सञ्चालन गरिरहेको यस अस्पतालले आज सर्जन डा रञ्जिस पहाडीको नेतृत्वमा डा मनिष मल्लिक, डा विनय चौधरी, एनेस्थेसियन डा निर्मल श्रेष्ठ, डा दीपक भण्डारी, नर्सिङ टिमका सुमित्रा त्यात, हरि कोजू, मित्रमाया तामाङसहित टोलीले दूरबिन प्रविधिबाट सफल शल्यक्रिया गर्नुभएको हो ।

निजी अस्पतालले रु ६० हजारदेखि एक लाखसम्म शुल्क लिदै आएको पित्तथैलीको शल्यक्रिया भक्तपुर अस्पतालले भने रु २० हजारमै गर्ने भएको छ । पहिलो शल्यक्रिया स्वास्थ्य बीमामा आवद्ध बिरामीको भएकाले रु नौ हजार शुल्कमै शल्यक्रिया सम्पन्न भएको छ । वीर अस्पताल र शिक्षण अस्पताल महाराजगञ्जमा लामो प्रतिक्षा (क्यूमा) मा रहेका बिरामीलाई भक्तपुर अस्पतालमा पठाइदिए सहज र सुलभरूपमै शल्यक्रिया गर्न सकिने भक्तपुर अस्पतालको भनाइ छ । बिनाचिरफार उच्च गुणस्तरको लेन्सका माध्यमबाट सानो प्वालको भरमा गरिने शल्यक्रिया अब भक्तपुर अस्पतालमा पित्तथैलीदेखि स्त्री तथा प्रसूति रोगसम्ममा प्रभावकारी ढङ्गले गरिने भएको छ ।

चिरेर शल्यक्रिया गरेको बिरामी हप्तौँसम्म अस्पतालमै बस्नुपर्ने बाध्यता हुन्छ तर दुरबिन प्रविधिबाट गरिएको शल्यक्रियाको ४८ घण्टामै बिरामी घर जान सक्ने र काममा फर्किन मिल्ने, कम पीडा र तुलनात्मकरूपमा सङ्क्रमणको जोखिम कम हुने हुँदा स्त्रीरोगदेखि पत्थरीसम्मको शल्यक्रिया यही प्रबिधिबाट बढी हुने गरेको छ । ग्यास, प्रकाश र दूरबिन पठाउन पेटमा स–साना घाउ बनाई फाइबर अप्टिक इन्डोस्कोप (दूरबिन) को मद्दतले तल्लो पेटका भित्री अङ्गहरूको समस्या हेर्ने विधिलाई ल्याप्रोस्कोपी भनिन्छ । ग्यास, प्रकाश र दूरबिन पठाउन नाइटोनिर सानो प्वाल बनाइन्छ ।

नेपालमा कोरोना भाइरस सङ्क्रमण फैलिएपछि चैत ११ गते भएको लकडाउनयता भक्तपुर अस्पतालले कुनै पनि बिरामी उपचार नपाई फर्किनु नपरोस् भनेर अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा, स्त्रीरोग, प्रसूति सेवा, आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ । सर्जरी, बालरोग, दन्तरोग, छालारोग, मानसिक रोग, फिजियोथेरापी, आँखा तथा चश्मा जाँच, स्वास्थ्य बीमा सेवा, अल्ट्रासाउण्ड सेवा सञ्चालन गरिरहेको छ । अस्पतालले २४सैं घण्टा आफ्नो फार्मेसीमा औषधि खरिदमा १० प्रतिशत छुट दिने व्यवस्थासमेत गर्दै आएको छ ।

कोभिड–१९ को महामारी फैलिएसँगै निजी अस्पतालले बिरामी भर्ना नलिने गरेपछि भक्तपुर अस्पतालमा बिरामीको चाप अत्यधिकरूपमा बढेको अस्पतालका मेसु डा गौतमले बताउनुभयो । स्वाब सङ्कलनदेखि कोभिड–१९ का बिरामीको समेत उपचार गर्दै आएको यो अस्पतालमा यतिखेर भक्तपुदेखि पूर्वका विभिन्न जिल्लाका बिरामीको उपचारको आधार केन्द्र बन्दै आएको छ । 

बिरामीको चाप बढ्दै गएपछि अस्पतालमा शैय्या भने निकै अभाव हुँदै आएको छ । शैय्या थप भएमा आएका बिरामीको अझै सहज उपचार गर्न सकिने उहाँको भनाइ छ । सरकारले कोरोना हब अस्पतालको रुपमा यसलाई तोकेपछि पाँच भेन्टिलेटरसहित छ शैय्याको आइसीयू र कोरोना सङ्क्रमित राख्ने १६ शैय्याको आइसोलेसन एवं १० शैय्याको कोरोनाका सामान्य बिरामी राख्ने आइसोलेसन तयार गरी सेवा सञ्चालन भइरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै