२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरमा बोलेरो दुर्घटना हुँदा छ जना घाइते

२०७७, ३० आश्विन शुक्रबार १५:३५

असोज ३०, पाँचथर (रासस) : पाँचथरको याङवरक गाउँपालिका २ फलैंचागढीमा आज बोलेरो जिप दुर्घटना हुँदा छ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार याङवरक–१ च्याङथापूबाट फिदिम आउँदै गरेको प्रदेश नं. १–०१–००१ च ७५२८ नम्बरको बोलेरो जिप आज विहान याङवरक–२ गढी भन्ने स्थानमा अनियन्त्रित भई सडकबाट करीब एक सय मिटर तल झरेर दुर्घटना भएको हो । दुर्घटनामा बोलेरो चालक याङवरक–२ का २२ वर्षीय डिल्ली अधिकारीसहित छ जना घाइते भएका छन् ।

दुर्घटनामा याङवरक–२ का दीपक प्याकुरेल, सोही स्थानकी सुस्मा बेघा लिम्बू, झापाको वुद्धशान्ति गाउँपालिका–३ का पुष्प खनाल, ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–३ का शेरबहादुर चौहान र झापाको मेचीनगर नगरपालिका–१४ का विष्णुप्रसाद ओझी घाइते भएको प्रहरी जनाएको छ । घाइतेहरुलाई थप उपचारका लागि झापा पठाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा