Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी, इजरायली कुटनीतिज्ञ बहराइन प्रस्थान

२०७७, २ कार्तिक आईतवार ११:०२

कार्तिक २, जेरुसेलम (रासस–एपी) । इजरायलसँग बहराइनको कुटनीतिक सम्बन्धका बारेमा छलफल गर्न इजरायली–अमेरिकी कुटनीतिज्ञहरुको एक टोली आइतबार बहराइनतर्फ प्रस्थान गर्न लागेको छ । 

गत महिना इजरायल र बहराइनबीच सम्बन्ध सामान्यीकरण गर्ने विषयमा सहमति भएको थियो । आइतबारदेखि हुने इजरायली–अमेरिकी कुटनीतिज्ञहरुको संयुक्त टोलीले बहराइनी अधिकारीहरुसँग विभिन्न विषयमा सम्झौता गर्ने अपेक्षा गरिएको छ । 

अमेरिकी अर्थमन्त्री स्टिभन मन्चिन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका राष्ट्रिय सुरक्षा सल्लाहकार मायर बेन–शाबातले आ–आफ्ना मुलुकका कुटनीतिज्ञहरुको नेतृत्व गर्दै हुनुहुन्छ ।

उहाँहरु इजरायलको तेल अभिभस्थित बेन गुरिओन विमानस्थलबाट बहराइन प्रस्थान गर्नु हुने इजरायली अधिकारीहरुले बताएका छन् । 

इजरायलको व्यावसायिक विमान सेवा एल अलको फ्लाइट ९७३ ले साउदी अरेबियाको हवाई क्षेत्र हुँदै मनामा प्रस्थान गर्नेछ । 

नाम नबताउने शर्तमा एकजना इजरायली कुटनीतिज्ञले बहराइनसँग कुटनीतिक दौत्य सम्बन्ध स्थापनालाई यस भ्रमणले औपचारिकता दिने जानकारी दिनुभयो । 

गत महिना, सम्बन्ध सामान्यीकरण गर्ने सम्बन्धी सम्झौता भएयता इजरायल र बहराइनका पदाधिकारीबीच सहयोगका विविध विषयमा छलफल गर्न मनामामा आयोजित समारोहका लागि पहिलो पटक व्यवसायिक उडान भएको थियो । 

इजरायल र बहराइनबीच कुटनीतिक सम्बन्ध स्थापना गर्ने विषयले प्यालिस्टिनी समुदायमा आक्रोश बढाएको छ । प्यालिस्टिनी नेताहरुले इजरायलसँग सम्बन्ध जोडेका बहराइन र संयुक्त अरब इमिरेट्सका नेताहरुले प्यालिस्टिनीलाई धोका दिएको आरोप लगाएका छन् । 

प्यालिस्टिनी स्वतन्त्र राष्ट्र घोषणा नहुँदासम्म इजरायलसँग दौत्य वा अन्य सम्बन्ध स्थापना नगर्ने यसअघिको अरब राष्ट्रहरुको पूर्व अडानबाट दुई मुलुक पछि हटेको प्यालिस्टिनीहरुको भनाई छ । 

सम्झौता अनुसार दुई मुलुकले इजरायलसँग सम्बन्ध सामान्यीकरण गरेसँगै एकअर्काका मुलुकमा राजदूतावास खोल्ने र राजदूतहरु नियुक्त गर्नेछन् । इजरायली अधिकारीहरुका अनुसार अर्को महिनासम्ममा बहराइनमा इजरायलले राजदूतावास खोल्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै