२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

बर्दिवास अस्पतालमा एक हजार पिसीआर परीक्षण

२०७७, ४ कार्तिक मंगलवार ०२:५२

महोत्तरीको बर्दिवास अस्पतालले एकहजारभन्दा बढीको पिसीआर परीक्षण गरेको छ । 

गत भदौ १२ गतेदेखि पिसीआर परीक्षण सेवा शुरु गरिएको अस्पतालले असोज मसान्तसम्ममा एक हजार ४५ जनाको पिसीआर परीक्षण गरिएको जनाएको हो । 

अस्पतालले भदौ महिनामा गरिएको ३८६ जनाको पिसीआर परीक्षणमा २५ महिला र २२ पुरुष गरी कूल ४७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको अस्पलालका सूचना अधिकारी तथा जनस्वास्थ्य निरीक्षक रामबाबु यादवले जानकारी दिनुभयो । यसैगरी गत असोजमा गरिएको ६५९ जनाको पिसीआर परीक्षणमा ९२ पुरुष र ५२ महिला गरी कूल १४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

गत असार २६ गते उद्घाटन भएको नवनिर्मित बर्दिवास अस्पताल भवनमा बर्दिवास नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमा फैलिँदै जाँदा परीक्षण ब्यापक बनाउने उद्देश्यले आवश्यक उपकरण र दक्ष जनशक्ति व्यवस्थापन गरी पिसिआर परीक्षण शुरु गराएको हो ।

नगरपालिकाले करिब रु एक करोड २५ लाख खर्च गरेर पिसीआर मेसिन र आवश्यक उपकरण अस्पताललाई उपलब्ध गराएको बताइएको छ । सेवालाई थप विस्तार गर्दै छिमेकका स्थानीय तहका बासिन्दाको समेत परीक्षण गर्न सम्बन्धित स्थानीय तह, प्रदेश र सङ्घीय सरकारसँग आवश्यक सहयोगका लागि समन्वय भइरहेको नगरप्रमुख बिदुरकुमार कार्कीले बताउनुभयो । 

अस्पतालले  स्वाब सङ्कलन गरिएको १० घण्टा भित्रनै नतिजा(रिपोर्ट)  दिँदै आएको छ । यो व्यवस्थाले यसअघि १०/१२ दिनसम्म रिपोर्टका लागि कुर्नुपर्ने अवस्था हटेको सेवाग्राहीले बताएका छन् । करिब एक लाख २० हजार जनसङ्ख्या रहेको आफ्नो नगरक्षेत्रमा स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच बढाउँदै लाने सङ्कल्पमा यो प्रयत्न महत्वपूर्ण भएको नगरप्रमुख कार्कीको भनाइ छ ।

बर्दिवास अस्पतालमा जडान गरिएको पिसीआर मेसिन र उपलब्ध उपकरणबाट दैनिक ९०० नमूनाको परीक्षण हुन सक्ने विज्ञको भनाइ छ । यहाँ जडित उपकरणबाट प्र्रत्येक दुई घण्टामा ९६ जनाको पिसीआर परीक्षण गर्न सक्ने अस्पतालले स्पष्ट पारेको छ । 

नेपाल सरकारको रु पाँच करोड ३५ लाख ३६ हजार १७६ को लागतमा नवनिर्मित बर्दिवास अस्पताल भवनमा अत्याधुनिक सेवासहितको तीन तले भवनमा ८६ कोठा छन् । अस्पतालमा कोभिड–१९ रोकथाम अभियानसँग सम्बन्धित ५० शय्याको आइसोलेसन कक्ष छ । भौतिक साधन स्रोत जुट्दै गए बर्दिवास अस्पताललाई सेवाको क्षेत्रमा अनुकरणीय बनाउने आफ्नो सपना रहेको नगरप्रमुख कार्कीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा