२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा बालबालिकाको अवस्था बारे पुस्तक सार्वजनिक

२९ भाद्र २०७२, मंगलवार ०८:०७
‘झापा जिल्लामा बालबालिकाको अवस्था–२०७२’ नामक पुस्तक सार्वजनिक गर्दै
अतिथि लगायत । तस्वीरः सिर्जना घिमिरे/भद्रपुर ‘झापा जिल्लामा
बालबालिकाको अवस्था–२०७२’ नामक पुस्तक सार्वजनिक गर्दै अतिथि लगायत । तस्वीरः सिर्जना
घिमिरे

आज राष्ट्रिय बाल दिवस मनाइँदै

भाद्र–२९, झापा (सास) । ‘पुनर्निमाण र संविधानः बाल अधिकारको संरक्षण
हाम्रो अभियान’ भन्ने नाराका साथ मंगलबार देशै भर राष्ट्रिय बाल दिवस–२०७१ विभिन्न कार्यक्रमहरु गरी
मनाइँदैछ ।

दिवसको अवसरमा झापामा जिल्ला बाल कल्याण समिति, महिला
तथा बालबालिका कार्यालय र नेपाल बाल संगठन भद्रपुरको संयुक्त आयोजनामा एक कार्यक्रमको आयोजना गरी ‘झापा
जिल्लामा बालबालिकाको अवस्था–२०७२’ नामक पुस्तकको विमोचन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला न्याधीस रमेशकुमार खत्रीले पुस्तकको विमोचन गरेका हुन् ।
कार्यक्रममा उक्त पुस्तक माथि जिल्ला बाल कल्याण समितिकी बाल अधिकार अधिकृत लक्ष्मी कणेलले चर्चा गरिन्

सोही अवसरमा झापा जिल्लाबाट २०७१ सालको प्रवेशिका परीक्षामा
सर्वोत्कृष्ट अङ्क ल्याउनेलाई नगद पुरस्कारसहित सम्मानित गरियो ।

बालकतर्फ कनकाई उच्च माध्यमिक विद्यालय सुरुङ्गाका शुसम पाठकलाई नगद ३ हजार ५ सयसहित प्रमाण
पत्रले सम्मानित गरिएको हो ।

पाठकका अभिभावक शारदा र मेदनीलाई
उक्त पुरस्कार संयुक्त रुपमा हस्तान्तरण गरिएको थियो ।

प्रमुख
जिल्ला अधिकारी एवम् जिल्ला बाल कल्याण समितिका अध्यक्ष तेजप्रसाद पौडेलको सभापतित्वमा भएको कार्यक्रममा
प्रहरी उपरीक्षक तथा जिल्ला बाल कल्याण समितिका सदस्य ठाकुरप्रसाद ज्ञवाली, स्थानीय विकास अधिकारी
फणिन्द्र दाहाल, झापाका सहायक जिल्ला शिक्षा अधिकारी उद्धव विष्ट, भद्रपुर नगरपालिकाका कार्यकारी अधिकृत
सन्तोष घिमिरे लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा बोल्दै
प्रमुख अतिथि खत्रीले वर्तमान समयमा विभिन्न राजनीतिक दलहरुले गरेको बन्द, हड्ताल लगायतका कार्यक्रमले
बालबालिकाहरु बढि प्रभावित हुने गरेको विषयमा चर्चा गरे ।

कार्यक्रममा वडा स्तरीय बाल क्लब सञ्जाल–भद्रपुर नगरपालिका–१५का अध्यक्ष प्रकाश भण्डारी,
शनिअर्जुन नगर बाल सञ्जालका गौरव भण्डारी लगायतले बालबालिकाहरुको तर्फबाट प्रस्तुति दिएका थिए

कार्यक्रमकै सन्दर्भमा नेपाल बाल संगठनमा अध्ययनरत विभिन्न
विधाका उत्कृष्ट बालबालिकाहरुलाई पुस्तकार समेत वितरण गरिएको संगठनका कोषाध्यक्ष डम्बर बर्माले जानकारी
दिए ।

बाल दुव्र्यवहार तथा विभिन्न प्रकारका हिंसालाई न्यूनिकरण
गर्न ‘झापा जिल्लामा बालबालिकाको अवस्था–२०७२’ नामक पुस्तक राम्रो सन्दर्भ सामग्री हुने कार्यक्रममा
जनाइयो ।

नेपाल बाल संगठनकी अध्यक्ष एवम् जिल्ला बाल कल्याण
समितिकी सदस्य गोमा भट्टराईले स्वागत गरेको कार्यक्रममा जिल्ला बाल कल्याण अधिकारी इन्दिरा ओझाले
धन्यवाद ज्ञापन गरेकी थिइन् ।

कार्यक्रमको सञ्चालन जिल्ला बाल
क्लब सञ्जाल झापाका अध्यक्ष गौरव पोखरेलले गरेका थिए ।

यता, बाल
दिवसको अवसरमा कनकाई नगरपालिका, टाघनडुब्बा गाविस, लखनपुर गाविस, शिवसताक्षी नगरपालिकामा बाल क्लबहरुले
बालबालिकाहरु बीच प्रतिष्पर्धात्मक कार्यक्रमको आयोजना गरेको जिल्ला बाल क्लब सञ्जाल झापाले जनाएको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला