२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा बालबालिकाको अवस्था बारे पुस्तक सार्वजनिक

२०७२, २९ भाद्र मंगलवार ०८:०७
‘झापा जिल्लामा बालबालिकाको अवस्था–२०७२’ नामक पुस्तक सार्वजनिक गर्दै
अतिथि लगायत । तस्वीरः सिर्जना घिमिरे/भद्रपुर ‘झापा जिल्लामा
बालबालिकाको अवस्था–२०७२’ नामक पुस्तक सार्वजनिक गर्दै अतिथि लगायत । तस्वीरः सिर्जना
घिमिरे

आज राष्ट्रिय बाल दिवस मनाइँदै

भाद्र–२९, झापा (सास) । ‘पुनर्निमाण र संविधानः बाल अधिकारको संरक्षण
हाम्रो अभियान’ भन्ने नाराका साथ मंगलबार देशै भर राष्ट्रिय बाल दिवस–२०७१ विभिन्न कार्यक्रमहरु गरी
मनाइँदैछ ।

दिवसको अवसरमा झापामा जिल्ला बाल कल्याण समिति, महिला
तथा बालबालिका कार्यालय र नेपाल बाल संगठन भद्रपुरको संयुक्त आयोजनामा एक कार्यक्रमको आयोजना गरी ‘झापा
जिल्लामा बालबालिकाको अवस्था–२०७२’ नामक पुस्तकको विमोचन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला न्याधीस रमेशकुमार खत्रीले पुस्तकको विमोचन गरेका हुन् ।
कार्यक्रममा उक्त पुस्तक माथि जिल्ला बाल कल्याण समितिकी बाल अधिकार अधिकृत लक्ष्मी कणेलले चर्चा गरिन्

सोही अवसरमा झापा जिल्लाबाट २०७१ सालको प्रवेशिका परीक्षामा
सर्वोत्कृष्ट अङ्क ल्याउनेलाई नगद पुरस्कारसहित सम्मानित गरियो ।

बालकतर्फ कनकाई उच्च माध्यमिक विद्यालय सुरुङ्गाका शुसम पाठकलाई नगद ३ हजार ५ सयसहित प्रमाण
पत्रले सम्मानित गरिएको हो ।

पाठकका अभिभावक शारदा र मेदनीलाई
उक्त पुरस्कार संयुक्त रुपमा हस्तान्तरण गरिएको थियो ।

प्रमुख
जिल्ला अधिकारी एवम् जिल्ला बाल कल्याण समितिका अध्यक्ष तेजप्रसाद पौडेलको सभापतित्वमा भएको कार्यक्रममा
प्रहरी उपरीक्षक तथा जिल्ला बाल कल्याण समितिका सदस्य ठाकुरप्रसाद ज्ञवाली, स्थानीय विकास अधिकारी
फणिन्द्र दाहाल, झापाका सहायक जिल्ला शिक्षा अधिकारी उद्धव विष्ट, भद्रपुर नगरपालिकाका कार्यकारी अधिकृत
सन्तोष घिमिरे लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा बोल्दै
प्रमुख अतिथि खत्रीले वर्तमान समयमा विभिन्न राजनीतिक दलहरुले गरेको बन्द, हड्ताल लगायतका कार्यक्रमले
बालबालिकाहरु बढि प्रभावित हुने गरेको विषयमा चर्चा गरे ।

कार्यक्रममा वडा स्तरीय बाल क्लब सञ्जाल–भद्रपुर नगरपालिका–१५का अध्यक्ष प्रकाश भण्डारी,
शनिअर्जुन नगर बाल सञ्जालका गौरव भण्डारी लगायतले बालबालिकाहरुको तर्फबाट प्रस्तुति दिएका थिए

कार्यक्रमकै सन्दर्भमा नेपाल बाल संगठनमा अध्ययनरत विभिन्न
विधाका उत्कृष्ट बालबालिकाहरुलाई पुस्तकार समेत वितरण गरिएको संगठनका कोषाध्यक्ष डम्बर बर्माले जानकारी
दिए ।

बाल दुव्र्यवहार तथा विभिन्न प्रकारका हिंसालाई न्यूनिकरण
गर्न ‘झापा जिल्लामा बालबालिकाको अवस्था–२०७२’ नामक पुस्तक राम्रो सन्दर्भ सामग्री हुने कार्यक्रममा
जनाइयो ।

नेपाल बाल संगठनकी अध्यक्ष एवम् जिल्ला बाल कल्याण
समितिकी सदस्य गोमा भट्टराईले स्वागत गरेको कार्यक्रममा जिल्ला बाल कल्याण अधिकारी इन्दिरा ओझाले
धन्यवाद ज्ञापन गरेकी थिइन् ।

कार्यक्रमको सञ्चालन जिल्ला बाल
क्लब सञ्जाल झापाका अध्यक्ष गौरव पोखरेलले गरेका थिए ।

यता, बाल
दिवसको अवसरमा कनकाई नगरपालिका, टाघनडुब्बा गाविस, लखनपुर गाविस, शिवसताक्षी नगरपालिकामा बाल क्लबहरुले
बालबालिकाहरु बीच प्रतिष्पर्धात्मक कार्यक्रमको आयोजना गरेको जिल्ला बाल क्लब सञ्जाल झापाले जनाएको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन