४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

चण्डेश्वरी र पलाञ्चोकमा प्रवेशद्वारबाट नै दर्शन र पूजा

८ कार्तिक २०७७, शनिबार ०७:२०

कात्तिक ८, काभ्रे | काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका वडा नं ५ चण्डेश्वरीस्थित चण्डेश्वरी मन्दिर प्रवेश गर्ने मूलद्वारमा नै सूचना टाँसिएको छ, ‘जिल्ला प्रशासन कार्यालयको अत्यन्त जरुरी सूचना ।’ एकातिर संक्रामक रोगको डर, अर्कातिर जिप्रकाले शक्तिपीठ र मन्दिरमा प्रवेश निषेध गरेको सूचना प्रवेशद्वारमा नै टाँसेपछि हिजोआज मन्दिरमा दर्शन गर्न जानेहरु मूल प्रवेशद्वारबाट नै दर्शन र पूजा गरी फर्कने गरेका छन् ।

जिप्रकाले विषम परिस्थितिमा  बडादशैंँमा घटस्थापनादेखि नवरात्रभर जिल्लाका विभिन्न शक्तिपीठ तथा मन्दिरका साथै स्थापना गरिने दुर्गाभवानीको पण्डालमा समेत सर्वसाधारणको भीड अत्यधिक भई कोरोना संक्रमणको सम्भावित जोखिम हुने भएकाले सर्वसाधारणलाई प्रवेश निषेध गरेको छ ।  विगत दशैंँमा मन्दिर परिसरमा दर्शनार्थीको ठूलो घुइँचो हुने गरेको थियो । अहिले कोरोना भाइरस संक्रमण जोखिमका कारण प्रवेशमा निषेध गरिएपछि बाहिरबाट नै दर्शन गर्ने ब्यवस्था मिलाइएको मन्दिरका पुजारी लक्ष्मण कर्माचार्यले बताउनुभयो । ‘हामीले मन्दिरमा गर्नैपर्ने पूजाबाहेक अरु पूजासमेत बन्द गरेका छौंँ’, उहाँले भन्नुभयो । मन्दिरमा बनेपा आसपासका बासिन्दा दर्शन गर्न जाने गरेका छन् ।

त्यसैगरी  पाँचखाल नगरपालिका वडा नं ९ पलाञ्चोकमा रहेको प्रसिद्ध एवं ऐतिहासिक  पलाञ्चोक भगवती मन्दिरमा हरेक वर्ष राष्ट्रपतिबाट महाअष्टमीमा  पूजा र दर्शन गरेकामा यस वर्ष भ्रमण स्थगन भएको  वडाध्यक्ष किरण श्रेष्ठले बताउनुभयो । सर्वसाधारण दर्शनका लागि आए पनि बाहिरबाट नै दर्शन गरी फर्कने गरेको र बलिपूजा पूर्ण रुपमा निषेध गरिएको उहाँको भनाइ छ । यसअघि पनि बन्दाबन्दीपछि मन्दिरमा यस वर्षको वैशाख पूर्णिमामा लाग्ने पूजा र जात्रा स्थगन गरिएको थियो ।

रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ