२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दशैँ मान्न आउनेमा कोरोना, जोखिममा गाउँ

१२ कार्तिक २०७७, बुधबार ०७:४७

कात्तिक १२, बलेवा | दशैँ मनाउन भारतबाट आएका युवामा कोरोना सङ्क्रमण देखिएपछि बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा (पर्यटकीय गाउँ) पाँच दिनका लागि पालिकाको प्रवेश नाका बन्द गरिएको छ । समूहमा टीका लगाएका ती युवाले दशैंको टीकाको केही दिन पहिला नै परीक्षणका लागि नमूना दिएका थिए ।

गाउँभरिका वृद्धवृद्धासमेत जम्मा भएर उनीलगायत सबै गाउँका युवालाई टीका लगाइदिएका थिए । स्वाब दिएर होम क्वारेन्टाइनमा बसेका ती युवा रिपोर्ट नआउँदै वडा कार्यालयलाई कुनै जानकारी नदिई आएकाले गाउँ नै सङ्क्रमणको जोखिममा परेको निष्कर्षसहित बन्द गरिएको धम्जाका वडाध्यक्ष यामबहादुर श्रीसले जानकारी दिनुभयो ।

स्वाब दिएपछि कुनै लक्षण नदेखिएकाले उनीगाउँमा परिवारसँगै साथीसँगीसँग गाउँघरका खेलकूदलगायतका कार्यक्रममा पनि सहभागी थिए । कोभिड–१९ रोकथाम तथा नियन्त्रण प्रतिकार्य समन्वय समितिको आकस्मिक बैठकले गाउँमा पाँचभन्दा बढी भेटघाट, भेला र आवतजावत गर्न नपाउने निर्णय गरेको श्रीसको भनाइ छ ।

उहाँका अनुसार, मङ्गलबार साँझ ७ बजेदेखि आगामी कात्तिक १५ गते राति १२ बजे रातिसम्म अत्यावश्यक बाहेकका काममा रोक लगाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य