शरद शर्मा/साउन १५, काठमाडौँ । खानी तथा भूगर्भ विभागले उपत्यकाको थप एक ठाउँमा मिथेन ग्यास पत्ता लगाउने कार्यमा जुटेको छ । 

विभागले अहिले रहेका १४ ठाउँभन्दा फरक ठाउँमा ग्यास पत्ता लगाउने कार्यमा जुटेको हो । 

विभागका प्रवक्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... शरद शर्मा/साउन १५, काठमाडौँ । खानी तथा भूगर्भ विभागले उपत्यकाको थप एक ठाउँमा मिथेन ग्यास पत्ता लगाउने कार्यमा जुटेको छ । 

विभागले अहिले रहेका १४ ठाउँभन्दा फरक ठाउँमा ग्यास पत्ता लगाउने कार्यमा जुटेको हो । 

विभागका प्रवक्त"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकामा थप एक ठाउँमा ग्यास खोजी

१५ श्रावण २०७३, शनिबार १२:१७

शरद शर्मा/साउन १५, काठमाडौँ । खानी तथा भूगर्भ विभागले उपत्यकाको थप एक ठाउँमा मिथेन ग्यास पत्ता लगाउने कार्यमा जुटेको छ । 

विभागले अहिले रहेका १४ ठाउँभन्दा फरक ठाउँमा ग्यास पत्ता लगाउने कार्यमा जुटेको हो । 

विभागका प्रवक्ता कृष्णदेव झाले पहिलेका पुरिएका ठाउँभन्दा फरक ठाउँमा ग्यास पत्ता लगाउन कार्य भइरहेको आज जानकारी दिए । “पहिलेका १४ भन्दा फरक ठाउँमा हामीले ग्यास पत्ता लगाइरहेका छौँ”,उनले भने– “त्यसका लागि बजेट विनियोजन गरेर कार्य सुरु गरिसकेका छौँ ।” 

यसअघि उपत्यकामा १४ ठाउँमा मिथेन ग्यास पाइएर इनारसमेत खनिइसकेको छ । तर अहिले इमाडोलमा रहेको इनारबाहेक सबै पुरानो भएकाले बन्द रहेको अवस्थामा छन् । 

इमाडोलस्थित खरिबोट क्षेत्रमा रहेको इनार भने ग्यास भण्डारण गर्नका लागि गतवर्ष पुनः खनिएको थियो । 

भारतीय नाकाबन्दीका कारण ग्यास अभाव भएपछि सरकारले उपत्यकामा रहेको मिथेन ग्यासलाई प्रयोगमा ल्याउने चर्चा चलेको थियो । उहाका अनुसार अहिले विभागले विभिन्न ठाउँमा गएर अध्ययन गरिरहेको छ । “पहिले ग्यास पत्ता लगाउँछौँ । अनि कति ग्यास निस्कन्छ, त्यो पत्ता लगाउँछौँ”,उनले भने – “अनि ग्यासलाई सङ्कलन गर्छौ ।” 

विभागका प्राकृतिक ग्यास तथा कोइला शाखा प्रमुख पृथ्वीलाल श्रेष्ठले ग्यास पत्ता लगाई यसै आवमा इनार खनिने जानकारी गराए । 

सरकारले सन् १९८२ मा टेकुमा रहेको मिथेन ग्यासलाई प्लान्ट बनाई प्रयोगमा ल्याएको थियो । एक अध्ययनले उपत्यकामा रहेको ग्यासले २० वर्षसम्म ५० हजार परिवारलाई खाना पकाउन पुग्ने तथ्य सार्वजनिक गरेको थियो । 

यसैगरी विभागले उपत्यकामा रहेका ग्यास भण्डारण गर्नका लागि मोबाइल ग्यास परीक्षण प्लान्ट बनाउन थालेको छ । शाखा प्रमुख श्रेष्ठले उपत्यकामा रहेको ग्यास कति मात्रामा रहेछ पत्ता लगाई सङ्कलन गर्नका लागि प्लान्ट बनाउन थालिएको बताए । उहाका नुसार करिब रु २० लाखमा प्लान्ट बनाउन थालिएको छ । 

“ग्यास सङ्कलनका लागि अरु ठाउँमा पनि लैजान सकिने भएकाले मोबाइल प्लान्ट बनाउन थालेका हौँ”, उनले भने– “पहिलो चरणमा हामीले इमाडोलमा रहेको ग्यासलाई प्लान्टमा जम्मा गर्छौँ ।” यसअघि टेकुमा मिथेन ग्यास सङ्कलनका लागि बनाइएको प्लान्ट बिग्रिएर थन्किएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…