२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरको औद्योगिक क्षेत्रको अनुगमन

२०७७, १४ कार्तिक शुक्रबार १४:३२

कात्तिक १४, भक्तपुर । भक्तपुरको औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरुबाट निस्कने ध्वनि एवं धुँवाबाट हुने प्रदूषणले स्थानीयवासीको जनस्वास्थ्यमा परेको असरबारे जानकारी लिन भक्तपुर नगरपालिकाले आज उद्योगहरुको अनुगमन गरेको छ ।  नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापति, उपप्रमुख रजनी जोशी र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड केन्द्रीय कार्यालयका प्रतिनिधि, औद्योगिक क्षेत्रका सहायक प्रहरी निरीक्षकसहितको टोलीले आज भक्तपुर नगरपालिका–२ स्थित भक्तपुर औद्योगिक क्षेत्रभित्र रहेको नेपो इण्डष्ट्रिज प्रालिअन्तर्गत सञ्चालनमा रहेको विभिन्न उद्योगबाट निस्किएको ध्वनी र धुँवाको प्रदूषणबारे अनुगमन गरेको हो । 

भक्तपुर औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरुले फालेको ध्वनी र धुँवा प्रदूषणले स्थानीय जनस्वास्थ्यमा प्रतिकूल असर पुर्याइरहेकोबारे व्यापक जनगुनासो आएपछि समस्याको दीर्घकालीन समाधानको लागि अनुगमन गरिएको भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले जानकारी दिनुभयो । अनुगमनका क्रममा कपडा बुन्ने अधिकांश मेसिनहरु बन्द अवस्थामा रहेको थियो भने उद्योगको संरचना अस्तव्यस्त रहेको, ध्वनी र धुँवा प्रदूषण नियन्त्रण गर्ने कुनै पनि प्रविधि जडान नगरिएको पाइएको छ ।

त्यस क्रममा स्थानीयवासीले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड मुख्य कार्यालय काठमाडौंबाट आएका प्रतिनिधि टोलीलाई भक्तपुर औद्योगिक क्षेत्रबाट भएको ध्वनि र धुँवा फाल्ने नेपो इण्डष्ट्रिज उद्योगबारे निवेदन दिएको थियो । नेपो इन्डस्ट्रिजको टेक्सटाइलको ४२ थान मेशिन गैरकानूनी ढङ्गले सञ्चालन गरिरहेको हुँदा नेपाल सरकारको सम्बन्धित निकायबाट प्रमाणित नभएसम्म नेपो इन्डष्ट्रिज बन्द गर्न माग गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै