४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरको औद्योगिक क्षेत्रको अनुगमन

१४ कार्तिक २०७७, शुक्रबार १४:३२

कात्तिक १४, भक्तपुर । भक्तपुरको औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरुबाट निस्कने ध्वनि एवं धुँवाबाट हुने प्रदूषणले स्थानीयवासीको जनस्वास्थ्यमा परेको असरबारे जानकारी लिन भक्तपुर नगरपालिकाले आज उद्योगहरुको अनुगमन गरेको छ ।  नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापति, उपप्रमुख रजनी जोशी र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड केन्द्रीय कार्यालयका प्रतिनिधि, औद्योगिक क्षेत्रका सहायक प्रहरी निरीक्षकसहितको टोलीले आज भक्तपुर नगरपालिका–२ स्थित भक्तपुर औद्योगिक क्षेत्रभित्र रहेको नेपो इण्डष्ट्रिज प्रालिअन्तर्गत सञ्चालनमा रहेको विभिन्न उद्योगबाट निस्किएको ध्वनी र धुँवाको प्रदूषणबारे अनुगमन गरेको हो । 

भक्तपुर औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरुले फालेको ध्वनी र धुँवा प्रदूषणले स्थानीय जनस्वास्थ्यमा प्रतिकूल असर पुर्याइरहेकोबारे व्यापक जनगुनासो आएपछि समस्याको दीर्घकालीन समाधानको लागि अनुगमन गरिएको भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले जानकारी दिनुभयो । अनुगमनका क्रममा कपडा बुन्ने अधिकांश मेसिनहरु बन्द अवस्थामा रहेको थियो भने उद्योगको संरचना अस्तव्यस्त रहेको, ध्वनी र धुँवा प्रदूषण नियन्त्रण गर्ने कुनै पनि प्रविधि जडान नगरिएको पाइएको छ ।

त्यस क्रममा स्थानीयवासीले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड मुख्य कार्यालय काठमाडौंबाट आएका प्रतिनिधि टोलीलाई भक्तपुर औद्योगिक क्षेत्रबाट भएको ध्वनि र धुँवा फाल्ने नेपो इण्डष्ट्रिज उद्योगबारे निवेदन दिएको थियो । नेपो इन्डस्ट्रिजको टेक्सटाइलको ४२ थान मेशिन गैरकानूनी ढङ्गले सञ्चालन गरिरहेको हुँदा नेपाल सरकारको सम्बन्धित निकायबाट प्रमाणित नभएसम्म नेपो इन्डष्ट्रिज बन्द गर्न माग गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ