२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

संविधान संशोधनका लागि भारतले दवाव दिएको छैनः सिटौला

२०७२, ८ आश्विन शुक्रबार ०४:४२

KRISHNA-PRASAD-सिर्जना
घिमिरे

असोज ८, भद्रपुर । नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद
सिटौलाले सञ्चार माध्यममा आए जस्तो भारतले नेपालमा जारी संविधानको संशाधनका लागि दवाव नदिएको बताएका छन्

बिहीबार झापाको सदरमुकाम चन्द्रगढीमा विपी कोइरालाको पूर्णकदको
शालिक अनावण गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारतले नाकाबन्दी गरेको र ८ बुँदे सुझाव दिएको
समाचार गलत भएको समेत टिप्पणी गरे ।

“भारतसँग सम्बन्धित
विषयवस्तुहरुलाई सञ्चार माध्यमहरुले बढाइ चढाईं गरे ।” महामन्त्री सिटौलाले भने, “सञ्चार माध्यममा आएको
समाचारमा दुई देशको सम्बन्ध निर्भर हुँदैन ।”

नेपाली तथा भारतीय
सञ्चार माध्यमहरुमा आएको समाचारले भारतसँगको पुरानो सम्बन्ध प्रभावित नहुने उनले जिकिर गरे ।

अर्को प्रसङ्गमा उनले भने, “संविधानसभाबाट जारी नेपालको नयाँ संविधान
प्रगतिशील छ ।”

जनताले चुनेका ९१ प्रतिशत सभासद्को सहमतिमा
लोकितान्त्रिक विधिबाट संविधान जारी भएको भन्दै सिटौलाले भने, ‘लोकतान्त्रिक प्रक्रियालाई कसैले चुनौती
दिन सक्दैन ।’

उनले भारतमा संविधान घोषणा हुँदा ६५ प्रतिशत र
अमेरिकामा ५२ प्रतिशतले मात्र सहमति गरेको समेत स्मरण गराए ।

krishan prasad sitaula copy

नेपाली जनता सार्वभौमसत्ता
सम्पन्न रहेको भन्दै उनले सार्वभौमसत्ता र राष्ट्रिय अखण्डता बाहेक सबै बिषयमा संशोधन गर्न सकिने उल्लेख
गरे ।

उनले आन्दोलनरत मधेशवादी दलहरुलाई समेत नयाँ संविधान
राम्रोसँग अध्ययन गर्न आग्रह गरे ।

मधेशवादी नेताहरुको सङ्कुचित
सोचाइका कारण मधेशमा आन्दोलन भइरहेको सिटौलाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से