४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

संविधान संशोधनका लागि भारतले दवाव दिएको छैनः सिटौला

८ आश्विन २०७२, शुक्रबार ०४:४२

KRISHNA-PRASAD-सिर्जना
घिमिरे

असोज ८, भद्रपुर । नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद
सिटौलाले सञ्चार माध्यममा आए जस्तो भारतले नेपालमा जारी संविधानको संशाधनका लागि दवाव नदिएको बताएका छन्

बिहीबार झापाको सदरमुकाम चन्द्रगढीमा विपी कोइरालाको पूर्णकदको
शालिक अनावण गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारतले नाकाबन्दी गरेको र ८ बुँदे सुझाव दिएको
समाचार गलत भएको समेत टिप्पणी गरे ।

“भारतसँग सम्बन्धित
विषयवस्तुहरुलाई सञ्चार माध्यमहरुले बढाइ चढाईं गरे ।” महामन्त्री सिटौलाले भने, “सञ्चार माध्यममा आएको
समाचारमा दुई देशको सम्बन्ध निर्भर हुँदैन ।”

नेपाली तथा भारतीय
सञ्चार माध्यमहरुमा आएको समाचारले भारतसँगको पुरानो सम्बन्ध प्रभावित नहुने उनले जिकिर गरे ।

अर्को प्रसङ्गमा उनले भने, “संविधानसभाबाट जारी नेपालको नयाँ संविधान
प्रगतिशील छ ।”

जनताले चुनेका ९१ प्रतिशत सभासद्को सहमतिमा
लोकितान्त्रिक विधिबाट संविधान जारी भएको भन्दै सिटौलाले भने, ‘लोकतान्त्रिक प्रक्रियालाई कसैले चुनौती
दिन सक्दैन ।’

उनले भारतमा संविधान घोषणा हुँदा ६५ प्रतिशत र
अमेरिकामा ५२ प्रतिशतले मात्र सहमति गरेको समेत स्मरण गराए ।

krishan prasad sitaula copy

नेपाली जनता सार्वभौमसत्ता
सम्पन्न रहेको भन्दै उनले सार्वभौमसत्ता र राष्ट्रिय अखण्डता बाहेक सबै बिषयमा संशोधन गर्न सकिने उल्लेख
गरे ।

उनले आन्दोलनरत मधेशवादी दलहरुलाई समेत नयाँ संविधान
राम्रोसँग अध्ययन गर्न आग्रह गरे ।

मधेशवादी नेताहरुको सङ्कुचित
सोचाइका कारण मधेशमा आन्दोलन भइरहेको सिटौलाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ