२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

पत्रकार एकराज गिरी सम्मानित

२३ आश्विन २०७२, शनिबार ०७:४८
yekraj

पत्रकार गिरीलाई सम्मान गर्दै प्रमुख अतिथि बाँनिया ।
तस्वीरः विनोद पाण्डे

असोज २३, विर्तामोड (सास)
यसै वर्ष स्थापना गरिएको लक्ष्मी बहुउद्देश्यीय उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कार २०७२
पहिलो पटक पत्रकार एकराज गिरीलाई प्रदान गरिएको छ ।

नेपाल
पत्रकार महासंघ झापाका सचिव एवम् पूर्वाञ्चल दैनिकका सम्पादक गिरीलाई ११ हजार ५ सय ५१ रुपैयाँ नगद तथा
सम्मान पत्रसहितको उक्त पुरस्कार आज शनिबार बिर्तामोडमा भएको संस्थाको १९ औं साधरणसभामा प्रदान गरिएको
हो ।

रेडियो नेपालका लागि झापा संवाददाता समेत रहेका गिरीलाई
कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघ झापाका अध्यक्ष हरिचरण बानियाले दोसल्ला ओढाइ उक्त पुरस्कार
प्रदान गरेका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष चन्द्रकुमार
राजभण्डारीको अध्यक्षतामा भएको थियो । गिरी १८ वर्षदेखि पत्रकारितामा क्रियाशील छन् ।

लक्ष्मी सहकारीले उत्कृष्ट पत्रकार र सहकारीको क्षेत्रमा कलम चलाउने पत्रकारलाई
अब हरेक वर्ष पुरस्कृत गर्दै जाने संस्थाका सदस्य एवं पत्रकार महासंघका अध्यक्ष भीम नेम्वाङले जानकारी
दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने