२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

प्रदेशस्तरीय बर्डफ्लु रोग नियन्त्रण समन्वय समिति गठन

२५ कार्तिक २०७७, मंगलवार ०४:५५

कात्तिक २५, वाग्मती । वाग्मती प्रदेशमा प्रदेशस्तरीय बर्डफ्लु रोग नियन्त्रण समन्वय समिति गठन भएको छ । सोमबार प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा आयोजित समारोहमार्फत मन्त्रालयका सचिव मतिना जोशी वैद्यको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो । समितिका सदस्यमा प्रदेशस्तरका चारवटै सुरक्षा निकायका प्रमुख, प्रदेशको स्वास्थ्य निर्देशनालय, पशुपक्षी तथा मत्य विकास निर्देशनालयका प्रमुखहरुलगायत रहेको जनाइएको छ ।

समितिको बैठकले बर्डफ्लु नियन्त्रण विधेयक, २०६४ (चौथो संशोधन) लाई आवश्यक संशोधनका लागि पशु सेवा विभाग र कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई पठाउने निर्णय गरेको छ ।

कार्यक्रममा मन्त्रालयका सचिव तथा समितिका अध्यक्ष वैद्यले बर्डफ्लुले मानव स्वास्थ्यमा धेरै असर गर्ने हुँदा यसलाई देखापर्ने बित्तिकै नियन्त्रण गरिनुपर्ने बताउनुभयो । बर्डफ्लुले कुनै पनि बेलामा समस्या पर्न सक्ने भएकाले यसमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । 

कार्यक्रममा वाग्मती प्रदेशको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय हेटौँडाका निर्देशक डा रामप्रकाश प्रधानले हालसम्म नेपालमा बर्डफ्लुपीडित किसानहरुका लागि रु २३ करोडभन्दा बढी राहत वितरण गरिसकिएको जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण