१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

नयाँ बन्ने स्वास्थ्य नीतिले राजधानी बाहिर पनि समेट्नुपर्ने: डा. भगवान

२३ आश्विन २०७२, शनिबार ११:३१

bhagwan koirala

असोज
२३, बिर्तामोड ।
वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाले राजधानी बाहिर पनि
ठूल्ठूला अस्पतालहरुले स्वास्थ्य सुविधा प्रदान गरिरहेको हुँदा नयाँ बन्ने स्वास्थ्य नीतिले त्यस्ता
अस्पतालहरुलाई समेट्नुपर्ने बताएका छन् ।

शनिबार बिर्तामोडको बी
एण्ड सी टिचिं हस्पिटल भ्रमण गरेपछि डा. कोइरालाले यस्ता संस्थाहरु काठ्माठौँ बाहिर पनि आउन जरुरी रहेको
बताए । पत्रकारहरुसँग कुराकानी गर्दै डा. कोइरालाले बी एण्ड सीलाई सहयोग गर्न तयार रहेको संकेत गरे ।
‘१५/२० वर्षअगाडिको भन्दा त स्वास्थ्यको क्षेत्रमा विकास धेरै भएको छ’, उनले भने, ‘यो हाम्रो लागि
खुसीको कुरा हो ।’

अस्पताल चलाउन सजिलो नभएको बताएका उनले
पारदर्शी र कानुनसम्मत ढंगले चलाउन सक्नुपर्ने धारणा राखे । दुरदर्शी हिसावले सोचेर बी एण्ड सीलाई
सञ्चालन गर्नुपर्ने उनले बताए । धुवाँधुलो, खानपिन लगायतका कारणले शहरी क्षेत्रमा मुटुका विरामी बढुको
हुनसक्ने उनको भनाइ थियो ।

‘यो क्षेत्र त पेइं क्यापासिटी भएका
जनता पनि छन्, धान्न सजिलै हुन्छ होला’, उनले भने, ‘एकैपटक धेरै कम्लिकेटेड रोगहरुमा जम्प गर्नुभन्दा
चरणबद्ध रुपमा विकसित गर्दै लानु नै उपयुक्त हुन्छ ।’ समाजकै एउटा हिस्सा भएको नाताले गुणस्तरीय सेवा
दिनु हस्पिटलको दायित्व भएको उनले बताए । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले डा. कोइरालाले
केही समयपछि बी एण्ड सी मा सेवा दिने विषयमा कुराकानी चलिरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल